बिष्णु माझीको फेरि आयो अर्को सुपर हिट गीत ‘मान्छे फकाएर आफ्नो हुँदैन’ (भिडियो सहित)

आर पोखरेल –

काठमाडौँ । नेपाली लोक तथा दोहोरीको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र बद्रि पंगेनीको फेरी अर्को बलाब सुपरहिट “मान्छे फकाएर आफ्नो हुदैँन ” बोलको गित सार्बजनिक भएको छ।

गीतको उत्कृष्ट लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ । बाजुरालीद्धारा लिखित गीतहरु सामाजिक सञ्जाल टिकटक मिडियालगायत दर्शक श्रोताहरुको माझमा पनि निकै चर्चित रहेको छ।

चर्चित निर्देशक काजिश श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन् । उत्सव दाहालको छायाँकन , दिपक विष्टको सम्पादन भिडियोमा रहेको छ । निकै रमाइलो तरिकाबाट तयार पारिएको भिडियोमा दिलिप रायमाझी र एलिसा शर्माको अभिनय रहेको छ ।





Comments

comments

Trending Now : पूर्वछापामार बने सहायक रथी
28385