भागबन्डामै जिम्मेवारी: ओली पक्ष २८, नेपाल पक्ष १६, दाहाल पक्ष २७, थापा पक्ष ५ र श्रेष्ठ पक्ष १

काठमाडौंः सत्तारूढ दल नेकपाले भागबन्डामा जिल्ला तहको नेतृत्व टुंगो लगाएको छ। तत्कालीन एमालेले ४४ र माओवादीले ३३ जिल्लाको नेतृत्व पाएको छ।

नेकपाले पार्टी एकताको ११ महिनापछि जिल्ला कमिटीको अध्यक्ष र सचिव चयन गरेको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

केन्द्रीय विभाग, आयोग, पोलिटब्युरो गठन र जनवर्गीय संगठनको एकता भने टुंगो लागेको छैन। पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा पूर्वमाओवादीले सचिव र पूर्वमाओवादीले अध्यक्ष पाएको जिल्लामा पूर्वएमाले नेताले सचिवको जिम्मेवारी पाएका छन्।

जिल्ला अध्यक्षमा केपी ओली पक्षका २८ र माधव नेपाल पक्षका १६ जना छन्। यस्तै पुष्पकमल दाहाल पक्षका २७, रामबहादुर थापा पक्षका ५ र नारायणकाजी श्रेष्ठ पक्षका एकजना जिल्ला अध्यक्ष भएका छन्।

जिल्ला सचिवमा ओली पक्षका १४, नेपाल पक्षका १९, दाहाल पक्षका ३६ र थापा पक्षका ८ जना नेताले जिम्मेवारी पाएका छन्। ७७ जिल्लामध्ये तीन महिलाले मात्र जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन्। अध्यक्षको जिम्मेवारी पाउनेमा मकवानपुरमा मनु सिग्देल, काभ्रेमा रुकु चौलागाई र लामजुङमा मधुमाया अधिकारी छन्। अधिकारी र चौलागाई पूर्वमाओवादीबाट र सिग्देल पूर्वएमालेबाट अध्यक्षमा परेका हुन्। सचिव जिम्मेवारी पाउने एकमात्र महिला इलामकी सोममाया राई छिन्। उनी पूर्वमाओवादीबाट सचिव भएकी हुन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28541