पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी

काठमाडौँ, गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको सरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटिएको छ।

पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् । एक डिएसपीको नेतृत्वमा ४० प्रहरीले पूर्वराजाको ‘क्लोज सर्किट’मा काम गर्छन् । सइको कमान्डमा जागार्जुननिवासको सुरक्षामा १५ जना खटिएका छन् ।

त्यस्तै पूर्वराजाको निजी निवासको सुरक्षामा अर्का डिएसपीको नेतृत्वमा ४१ प्रहरी खटिएका छन् । नयाँपत्रिकामा खबर छ ।





Comments

comments

Trending Now : मासु खानेलाई ५० हजारसम्म जरिवाना