हङकङमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाइयो, पार्टी एकीकरण छिट्टै हुने

हङकङ, नेपाल कम्युनिष्ट पार्टीको ७०औं स्थापना दिवस हङकङमा सम्पन्न भएको छ।

सत्तारुढ दलको प्रवास संगठन ‘प्रवासी नेपाली एकता मञ्च हङकङ’ले उक्त कार्यक्रम जोर्डनस्थित चुम्लुङ हिममा आइतवार साँझ सम्पन्न गरेको हो।

“नेपाल कम्युनिष्ट पार्टीको ७०औं स्थापना दिवस तथा नेपाली नयाँ वर्षको शुभकामना आदान–प्रदान” भनि गरिएको उक्त कार्यक्रम नेकपा हङकङका कार्यदल सदस्य रबिन लिङदेनको अध्यक्षतामा सम्पन्न भएको थियो।

कम्युनिष्टहरु विश्व परिस्थतिमा हराउदै गएको प्रचार भएता पनि दक्षिण एसियामा नेपाल कम्युनिष्ट पाटी सबै भन्दा ठूलो दल बन्न सफल भएको रविन लिङदेनले वताए। पूर्व नेकपा (माओवादी केन्द्र) हङकङका अध्यक्ष समेत रहेका लिङदेनले हङकङमा आफूलाई सामाजिक कार्यकर्ता ठान्नेहरु पार्टीबाट लाभ लिन खोज्ने तर पार्टीको कार्यक्रममा आउनु डराउने वताए । अहिलेको पार्टीको यो स्थितिलाई कायम राख्न अझ मेहनत गर्नुपर्ने बताउदै हङकङमा नयाँ ढंगले कार्यक्रमहरु गर्दै जानु पर्ने वताए।

कार्यदलका अर्का सदस्य दलहाङ नेम्बाङले कम्युनिष्ट पार्टी २००६ सालमा स्थापना भए यता सवै खाले परिवर्तनहरुमा पार्टीको भूमिका उच्च स्थानमा रहेको वताए । नेकपा एमाले हङकङका पूर्व सचिव रहेका नेम्बाङले शुभकामना मव्यक्त दिदैं नेपाल कम्युनिष्ट पार्टीको ७० वर्षे इतिहास वारे वताएका थिए।

कार्यक्रमका अर्का वक्ता जेबी ओख्राबु लिम्बुले ‘नेपालमा सुशासनको प्रत्यक्ष अनुभूत गराउनु पर्ने’ भन्दै दुई तिहाइको सरकारबाट नेपाली जनताले धेरै कुराको आशा राखेको बताए । जनताले आशा गरेको सरकारबाट काम हुन नसके अर्को चुनावमा पार्टी खुम्चन सक्ने ओख्राबुले बताए। कम्युनिष्ट पार्टीको ७० वर्षको इतिहास र पविर्तनबारे चर्चा गर्दै कर्याक्रम संचालन गरेको धिरेन्द्र चाम्लिङले कम्युनिष्टहरुको बुझाईप्रति ब्यवहारमा सच्चिनु पर्ने वताए।

हङकङको सबैभन्दा पुरानो संस्था फियोनाका अध्यक्ष हिरामान राईले नेपालको महत्वपूर्ण निर्वाचनहरुमा नेपालीहरुले विदेश वसेर भएनि निर्वाचनमा भाग लिन पाउनु पर्ने मागसहित हस्ताक्षर संकलन गरेको वताए।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको हङकङमा पूर्व नेकपा एमालेका अध्यक्ष भक्त बहादुर गुरुङ र सचिव दलहाङ नेम्बाङ तथा पूर्व (माओवादी केन्द्र)का अध्यक्ष रबिन लिङदेन र उसको सामाजिक संस्थाको अध्यक्ष धिरेन्द्र चाम्लिङ सहितको चार जनाको कार्यदल सदस्य रहेको छ।

चार जनाको कार्यदल सदस्यसहित पूर्व एमाले र माओवादी सहितका ३५ प्रस्तावित सदस्य रहेको कार्यदलका एक सदस्यले संचारकर्मीलाई बताए। पार्टी एकतावारे संचारकर्मीसंग कुरा गर्दै नेपालमा जिल्ला तह सम्मको एकता प्रक्रियाको टुंगो लागेको र प्रवासको हकमा पनि करीब टुगों लागिसकेको, केही निर्णयहरु बाँकी रहेकोले औपचारिक रुपमा सरकुलर छिटै आउने वताए।





Comments

comments

28654