नेदरल्याण्ड्समा दाल भात तरकारी देखाइने

द्रोण रिजाल

नेदरल्याण्ड्स, गैरआवासीय नेपाली संघ नेदरल्याण्ड्सले रोल्पाका द्वन्दपीडित अनाथ, असहाय तथा गरिब बालबालिकाहरुका लागि आवास निर्माण गरिदिने उद्धेश्यले नेपाली चलचित्र दाल भात तरकारी प्रदर्शन गर्ने भएको छ|

यहि मे १२ र १३ तारिखका दिन नेदरल्याण्ड्सको राजधानी आमस्तर्दाममा प्रदर्शन गरिने भएको छ।

चलचित्रबाट प्राप्त रकमले आवास निर्माण गर्न लागिएको संघका अध्यक्ष ठाकुर प्रसाद शर्मा (मनोहरि)ले बताए।

नेदरल्याण्ड्सबासी आमाबुबा , दिदीबहिनी तथा दाजुभाइहरुलाई सादर अनुरोध गर्दै एनआरएन नेदरल्याण्ड्सले सामाजिक काममा सम्पूर्ण आदरणीय महानुभाबहरुलाई आमन्त्रण गरिएको र आ-आफ्नो पकेट खर्चबाट केहि रकम खर्चेर उक्त चलचित्र हेरी असहाय बालबालिकाहरुलाई सहयोग गर्न महासचिब जितेन्द्रकुमार श्रेष्ठले आग्रह गरेका छन्।

चलचित्रको लागि १२ वर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क र अरुकालागि २० युरो राखिएको समेत श्रेष्ठले जानकारी दिए।





Comments

comments

28853