‘मिस नेपाल नर्थ अमेरिका- २०१९’ अगस्त महिनामा हुने, आवेदन पत्र खुला

विजय थापा

डिसी, बिश्व कै सम्राट राज्य न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका २०१९ हुने भएको छ। प्रतियोगितामा सहभागी हुन चाहनेहरुका लागि आबेदन पत्र खुल्ला गरिएको छ।

आगामी अगस्त महिनाको १७ तारिखका दिन मेलरोज बलरुममा दोश्रो मिस नेपाल नर्थ अमेरिका २०१९ हुने भएको छ।

प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि मिस नेपाल २०१० की सदिक्षा श्रेष्ठले कोरियोग्राफी गरेकी थिइन् भने २०१७ की मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकी थिइन्।

आबेदन भर्ने अन्तिम मिति जुन १५ राखिएको छ। जुलाई १ तारिखका दिन अन्तिम नामावली प्रकाशित गरिने छ । अन्तिम ग्रान्ड फिनाले अगस्त १७ का दिन हुने छ । कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले कार्यक्रम गर्ने छ।

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने, अविवाहित, ५ फुट २ इन्च हुनु पर्ने, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ), प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने, नेपाली मूलको हुनु पर्ने, निवेदकको सही नैतिक चरित्र तथा नेतृत्वको शीप हुनु पर्ने तथा जीवन वृति हाक्न सक्ने तथा सफल हुन प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ।

आयोजक समूह अन्तर्गत शैलेन्द्र श्रेष्ठ तथा निराकार उप्रेती सहसंस्थापक सभापति रहेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

28850