निगमको सबै विमान खरिदमा घोटाला

काठमाडौं, संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ।

समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन गर्न गत मंसिरमा उपसमिति गठन गरेको थियो।

सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा गठित उपसमितिले निगमले उडानमा राखेका चार वटै एयरबस (दुइटा ए ३२० र दुइटा ए ३३०) को खरिद प्रक्रिया नमिलेको औंल्याएको सांसद दिव्यमणि राजभण्डारीले बताए । यो समाचार सुरज कुँवरले कान्तिपुरमा लेखेका छन्।





Comments

comments

29036