त्रिभुवन विमानस्थलबाट बरामद १ लाख डलर

काठमाडौं, एक भारतीय महिला त्रिभुवन विमानस्थलबाट अबैध डलरसहित पक्राउ परेकी छिन्।

नेपाल वायुसेवा निगमको विमानबाट भारत जान लागेकी वर्ष ४४ की वंदना सोनी भन्ने वंदना घनश्याम सोनीलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ। उनी नेपाल एयरलाइन्सको उडान नं. RA201 बाट काठमाडौंबाट भारतको मुम्बइ जान लागेकी थिइन्।

उनको साथबाट अमेरिकी डलर एक लाख अबैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बरामद अमेरिकी डलरसहित निजलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजश्वल अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको पनि प्रहरीले जनाएको छ। नेपाल समाचारपत्रमा यो खबर छापिएको छ।





Comments

comments

29046