श्रृंखला खतिवडा न्यू योर्क आउदै

विजय थापा

डिसी। मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा न्यूयोर्क आउने भएकी छिन्। आगामी अगस्त १७ का दिन अमेरिकाको न्यूयोर्क शहरमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०१९ को लागि आउने भएकी हुन्।

खतिवडा पार्टीसिपेन्ट मेन्टर अर्थात् सहभागी परामर्शदाताको रुपमा आउने आयोजकले बताएका छन् । मिस वर्ल्डमा उत्कृष्ट १२ मा पुग्न सफल ‘मिस नेपाल वर्ल्ड २०१८ ’ की श्रृंखला खतिवडा मिस वर्ल्डमा ‘व्यूटि वीथ प्रपोज’ र मिस मल्टिमिडियाको उपाधि हात पार्न सफल भएकी थिइन्।

नेपालको प्रतिनिधित्व गर्दै चीनमा सम्पन्न प्रतियोगीमा सहभागी भएकी मिस नेपाल २०१८ खतिवडाको चर्चा उपचर्चा सामाजिक सञ्जालमा ब्यापक भएको थियो । मिस नेपाल नर्थ अमेरिका २०१९ का आयोजकद्वारा जारी गरिएको छापा बिज्ञप्तिमा खतिवडाले पार्टीसिपेन्ट मेन्टर अर्थात् सहभागी परामर्शदाताको रुपमा सहभागी जनाउने भएपछि हर्ष व्यक्त गरेका छन्।

साथै उनले अन्तिम समापन समारोहसम्म सहभागीहरुलाई तयार गर्न सहयोग गर्ने छिन् । खतिवडा विश्व शान्तिको लागि शिक्षकहरूको अन्तर्राष्ट्रिय संस्था (आईएईडब्लुपी )की राष्ट्रिय कुलपति तथा वान होम फाउनडेसन (एक घर प्रतिष्ठान )की अध्यक्ष पनि हुन्।

उनी अनन्त सुन्दरताको साथै आर्किटेक्ट (वास्तुविद) की सर्वश्रेष्ठ पनि हुन् । उनी सुन्दरीको साथै तीक्ष्ण मस्तिष्ककी सिद्ध उदाहरण हुन् । उनले मिस वर्ल्डमा भाग लिईरहँदा नेपालीहरुले गरेको मायाप्रति पटक पटक आभार व्यक्त गर्नुको साथै मिस वर्ल्डमा भाग लिएर नेपाललाई चिनाउन पाएकोमा आफूलाई गर्व लागेको सार्बजनिक रुपमा भनेकी थिइन्।

मिस नेपाल नर्थ अमेरिका २०१९ गत बर्ष सफलतापूर्वक सम्पन्न भएकै स्थान मेलरोज बलरुममा हुने भएको छ । आबेदन भर्ने अन्तिम मिति जुन १५ राखिएको छ भने जुलाई १ तारिखका दिन अन्तिम नामावली प्रकाशित गरिने छ । अन्तिम ग्रान्ड फिनाले (अन्तिम समापन ) अगस्त १७ का दिन हुने छ।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले कार्यक्रम गर्ने छ । ९ बर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिकाको टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ।

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्षसम्म हुनु पर्ने, अविवाहित, ५ फुट २ इन्च हुनु पर्ने, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ), प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने, नेपाली मूलको हुनु पर्ने, निवेदकको सही नैतिक चरित्र तथा नेतृत्वको शीप हुनु पर्ने तथा जीवनवृति हाक्न सक्ने तथा सफल हुन प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ।

आयोजक समूहमा शैलेन्द्र श्रेष्ठ तथा निराकार उप्रेती सहसंस्थापक सभापति रहेका छन्।

श्रृंखला खतिवडाको मिस वर्ल्डको फाइनलमा पुगेको त्यो ऐतिहासिक पल!





Comments

comments

Trending Now : मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित