चर्चित सञ्चारकर्मी सुरज श्रेष्ठको निधन

काठमाडौं, चर्चित सञ्चारकर्मी सुरज श्रेष्ठको युवा अवस्थामै निधन भएको छ।

इमेज एफ.एम.मा कार्यरत ४५ वर्षीय श्रेष्ठको चाबहिलस्थित ओम अस्पतालमा शनिबार बिहान २:१५ बजे निधन भएको हो।

उनी लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित थिए। नसासम्बन्धी यस्तो रोग विरलै मानिसमा लाग्ने गर्छ। हातगोडा नचल्ने, बोलीसमेत नआउने लगायतका समस्याबाट उनी पीडित थिए। उनी चार वर्षदेखि बिरामी थिए।

धरानका श्रेष्ठ राजधानीमा बसेर संञ्चारक्षेत्रमा सक्रिय थिए। पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गरिसकेका श्रेष्ठ ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक भएर काम गरेका थिए। विक्रम संवत २०५६ सालमा इमेज एफएमको स्टेशन म्यानेजरको जिम्मेवारीसमेत सम्हालेका थिए।

गायक तथा संगीतकारसमेत रहेका श्रेष्ठले इमेज एफएममा ‘इमेज पप’ लगायतका लोकप्रिय कार्यक्रम चलाउथे। उनले म्युजिक भिडियो निर्माण, निर्देशन र सम्पादन पनि गर्थे। बुलन्द स्वरका धनी श्रेष्ठका थुप्रै गीतमा प्रोमोहरु रहेका छन्।

श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन्।





Comments

comments

29087