धरानमा मेलिना र भीटेन एउटै मञ्चमा

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान। निक्कै लामो समयपछि शनिबार धरानमा आयोजना भएको कन्सर्टमा धराने दर्शकहरुलाई अहिलेका दुई चर्चित सांगीतिक हस्तीहरु भीटेन र मेलिना राईले भरपुर मनोरञ्जन दिए।

करीब ८ हजारभन्दा बढी दर्शकहरुले भरिएको धरानको पब्लिक स्कुलको मैदानमा आयोजित सात्विक मनोरञ्जन धमाकाको सुरुवात स्थानीय गरिमा डान्स सेन्टरको नृत्यबाट सुरुवात भएको थियो। स्थानीय डेनी थुलुङ्ग लिम्बु र सुनयना श्रेष्ठको सांगीतिक प्रस्तुतिपछि करीब आठ बजे स्टेजमा आएकी अहिलेकी चर्चित गायिका मेलिना राईले तिमीले बाटो फेर्यो अरे, असारे महिना, चरी जस्तै, माछीले खाने खोलिको लेउ, कम्मरमाथि पटुकी ,कसरी , गोजीमा दाम, दार्ही फुल्यो बैंशमा र कुटुमालगायतका आफ्ना लोकप्रिय गीतहरु प्रस्तुती दिईन्। मेलिनाका सबै गीतहरुमा दर्शकहरुले संगसंगै गाएर – नाचेर साथ् दिएका थिए।

त्यस्तै सात्विक मनोरञ्जन धमाकाको मुख्य प्रस्तुति रहेको भीटेनको नामले अहिले निक्कै लोकप्रिय रहेका र्यापर समिर घिसिङ्गको स्टेजमा आगमनले बेग्लै माहोल बनेको थियो।

कोही साथी प्रहरी बने कोही साथी गुन्डा मचै आफ्नै धुनमा , यता पनि चुरोट , उतापानी चुरोट, र्यापको बाटो, हालखबर, म मान्छे खत्तम, लाहुरेको रेलिमाई, सिमसिमे पानी -जिस्कने बानी -सहि हो सहि होलगायतको आफ्नो गीतहरु प्रस्तुत गरेका थिए।

तेस्रो पल्ट धरान आएका भीटेनले आफ्नो अत्यधिक क्रेज देखेर भने -मलाई धरानमा बोलाएपछि आइहाल्नु मन लाग्छ तपाईंहरुको यहि माया सम्झेर। बिशेषता भीटेनको कलिला फ्यानहरु आफ्ना आमा-बाबासंगै कन्सर्टमा आएको देख्न सकिन्थ्यो। भीटेनको प्रत्येक गीतको शब्दहरु भीटेनसंगै केटा-केटी तथा युवा -युवती दर्शकहरुले गाएर साथ दिएका थिए।

धरानको सात्विक फुड्स प्रालिको मुख्य प्रायोजनमा सिल्भर इन्टरटेनमेन्टले आयोजना गरेको सात्विक मनोरंजन धमाकाको बिचमा सात्विक फुड्सको प्रबन्ध निर्देशक सुनिल अग्रवाल, नेशनल सेल्स म्यानेजर बिनोद श्रेष्ठलगायतका कम्पनीका अन्य बोर्ड निर्देशकहरुले सात्विक फुड्सको सात्विक हेल्दी तथा सात्विक लाभ्लिन कुकिजको हजारौ दर्शकहरु बीच सार्वजनिक गरेका थिए।

३५ भन्दा बढी गाउँ – शहरहरुमा पुगिसकेको धरानको सात्विक फुड्सका कुकिजहरु चाडै देशभर उपलब्ध गराउने र त्यसको प्रवर्द्धनको लागि यस्तै मनोरंजन धमाका गर्दै जाने नेसनल सेल्स म्यानेजर बिनोद श्रेष्ठले बताए।





Comments

comments

29831