अमर लामालाई गोली हान्नेसँग चिया पिएको छु: अपिल विष्ट

‘काजगपत्र’ र ‘झुम्की’ फिल्मका निर्देशक अपिल विष्ट ‘दासढुंगा’का निर्माता हुन्। अहिले उनी दासढुंगाको सिक्वेल बनाउँदै छन्।

अपिल अहिले आफैँ स्क्रिप्ट लेखिरहेका छन् । उनीसँग नयाँ पत्रिकाका नवीन प्यासीले दासढुंगाको सन्दर्भमा केही प्रश्न गरेका छन्:

दासढुंगा दुर्घटना विवादास्पद घटना हो । यस्तो विषयमा चलचित्र बनाउन समस्या हुन्न?
हामीले ‘दासढुंगा’ फिल्म बनाउँदा धेरै कुरा बाहिर आउन सकेको थिएन । त्यतिवेला पनि रिसर्च गरेका थियौँ । दुई वर्ष त रिसर्चमै लागेको थियो । तर, सेन्सर बोर्डका कारण जस्ताको त्यस्तै देखाउन सकेनौँ । त्यसपछि घटनाक्रम फरक तरिकाले विकसित हुँदै गए । हिजोका दिनमा भेट्टाइएका, खोजिएका र छुटेका महत्वपूर्ण विषय प्रशस्तै थिए । आज राष्ट्रपतिमा विद्यादेवी भण्डारी हुनुहुन्छ । दुईतिहाइ बहुमतको सरकारको नेतृत्वमा नेकपा छ । यी र यस्ता विषयलाई चलचित्रका माध्यमबाट शैलीबद्ध रूपमा कथा भनिनुपर्छ । दोस्रो पुस्ताका नेताहरूले हामीलाई थप काम गर्ने हौसला दिनुभयो । अहिले रिसर्च गरिरहेका छौँ । सम्भवतः अमर लामाको मृत्युपछिका घटनामा आधारित सिक्वेल बनाउँछौँ ।

फिल्म बनाउन नसुल्झिएको घटना किन रोज्नुभयो?
सबैको आफ्नै रुचि हुन्छ । कसैलाई ‘लभस्टोरी’ मन पर्छ, कसैलाई सामाजिक । तर, राजनीतिक विषयमा खासै फिल्म बनेका छैनन् । जोखिम नै धेरै हुन्छ । पहिलो त लगानीकै जोखिम हुन्छ । यो राजनीतिक रूपमा संवेदनशील विषय पनि हो । मेरो रुचि नै जोखिम उठाउने हो।

हत्याको जडमा पुग्नुभएको छ?
हत्या कसरी भएको रहेछ भन्ने नै हाम्रो खोजी हो । हामी जिम्मेवार नागरिक भए पनि आधिकारिक निकाय त राज्य नै हो । यसको उत्तर राज्यले आधिकारिक रूपमा भन्ने दिन अवश्य आउनेछ । फिल्मका माध्यमबाट हामीले झकझक्याउने हो । दबाब दिने हो । ‘दासढुंगा–२’ खोजमूलक कथा पनि हो।

अमर लामाको हत्या गरेको मान्छे भेटेको छु । गोली हान्ने मान्छेसँग बसेर चिया पनि खाएको छु । भेट्नैपर्ने भएकाले भेटेँ । तत्कालीन समयमा जसरी गोली हानिएको थियो, त्यो अर्कै कुरा भयो।

अमर लामाको हत्या गरेको मान्छे भेटेको छु । गोली हान्ने मान्छेसँग बसेर चिया पनि खाएको छु । भेट्नैपर्ने भएकाले भेटेँ । तत्कालीन समयमा जसरी गोली हानिएको थियो, त्यो अर्कै कुरा भयो।

अमर लामाको हत्यापछिको कथा भन्नुभएको छ । तर, त्यो हत्या पनि त रहस्यमै छ नि?
अमर लामाको हत्या गरेको मान्छे भेटेको छु । गोली हान्ने मान्छेसँग बसेर चिया पनि खाएको छु । भेट्नै पर्ने भएकाले भेटेँ । तत्कालीन समयमा जसरी गोली हानिएको थियो, त्यो अर्कै कुरा भयो । मैले थाहा पाएकोचाहिँ विद्रोही माओवादीको ‘हाई कमान्ड’लाई हत्याबारे जानकारी थिएन रे । दासढुंगा हत्याकाण्डबारे खोतल्नका लागि अमर लामालाई समात्न खोज्दा गोली चलाएको रे । कथा अब सम्भवतः त्यहीँबाट अगाडि बढ्नेछ।

तपाईंलाई विवादमा पर्ने डर छैन?
यसले जरुर बहस सिर्जना गर्छ । मदन भण्डारीको हत्यापछि उहाँकै पार्टी सत्तामा पुगेको अवस्थामा बहस हुनुपर्छ । तर, हामी कसैलाई आरोपित गर्ने गरी काल्पनिक कुरा जोड्दैनौँ। यो अन्तर्वार्ता नयाँपत्रिकामा छापिएको छ।





Comments

comments

29921