नेपाली महिलाहरुको विदेशी पुरुषसँग किन अनमेल बिहे बढ्दैछ?

नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन्।

दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए । सबै कानूती प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो।

– न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीया युवतीले विवाह गरिन् । दुवैजनाले काठमाडौँ जिल्ला अदालतमा निवेदन दिई दर्ता विवाहको प्रमाण पत्र लिए । उनीहरु कात्तिक २९ गते दर्ता विवाहका लागि कानुन व्यवसायीसहित अदालत पुगेका थिए।

– ४८ वर्षीय भारतीय पुरुषले २४ वर्षकी नेपाली युवतीसँग विवाह गरे । युवतीको भन्दा दोब्बर उमेर भएकाले उनले अदालती विवाह गरेका हुन् । यो अदालती विवाह जेठ ८ मा भएको हो।

विदेशीसँग भएका यी अनमेल विवाहका उदाहरण प्रतिनिधिमूलक हुन् । पछिल्लो समय काठमडौँ जिल्ला अदालतमा पुगेर यसरी विवाह गर्नेको संख्या बढेको छ । उमेर हेर्दा आफूभन्दा १० देखि ३२ वर्ष जेठा विदेशी पुरुषसँग नेपाली युवतीले विवाह गरेका छन् । यसरी दर्ता विवाह गर्नेमा अधिकांश पुरुष विदेशी र युवती नेपाली छन् । काठमाडौँ जिल्ला अदालतको तथ्यांक हेर्दा सबैभन्दा धेरै नेपाली युवतीले अमेरिकी पुरुषसँग विवाह गरेका छन् । अस्ट्रेलिया, बेलायत, चीन, दक्षिण कोरिया, जापान, क्यनाडा, फिलिपिन्स, फ्रान्स, बंगलादेश, मलेसिया, पाकिस्तानलगायत देशका पुरुषसँग पनि नेपाली युवतीले अदालती विवाह गरेका छन् । यो खबर नागरिक दैनिकमा भाषा शर्माले लेखेकाछन्।





Comments

comments

29946