नेपाली चेली कञ्चन अमात्य, जसले पाइन् अमेरिकाकै प्रतिष्ठित राइस अवार्ड

कञ्चन अमात्य

विजय थापा –

डिसी, नेपाली मूलकी चेली कञ्चन अमात्य अमेरिकाको प्रतिष्ठित २०१९ राइस अवार्डद्वारा सम्मानित भएकी छिन्।

उनलाई उक्त सम्मान वाशिंगटन डिसीस्थित रोनाल्ड रेगन अन्तर्राष्ट्रिय केन्द्रमा सम्मानित गरिएको हो।

अमात्यलाई अन्तर्राष्ट्रिय विकासमा नेतृत्व तथा नविन पद्धतिको भूमिका निर्वाह गरेकोमा उक्त पुरस्कार गरिएको हो। समारोहमा बिश्वका एक हजार बढी उच्च स्तरीय व्यवसायिकहरुको भेलामा बिभिन्न व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिएको हो।

आफ्नो भनाई राख्दै कञ्चन अमात्य

बिगतमा पुरस्कारलाई दि ट्रुम्यान अवार्ड नाम राखिएको थियो भने सन् २००३ मा एनड्रु ई राइसले नेतृत्व, नविन पद्धति, प्रभाव तथा प्रतिबद्धताका लागि स्थापित गरेका थिए। स्व. एनड्रुले प्रमुख विकास पहलहरूको लागि सहयोग गरेका थिए।

पुरस्कारको लागि विश्वभरका २२ वटा राष्ट्रहरुमा ब्राजिल, कम्बोडिया ,क्यानडा ,एल साल्भाडोर ,भारत ,नेपाल, नाइजेरियालगायत २२ वटा राष्ट्रहरु रहेका थिए।

फोर्ब्स पत्रिकाद्वारा ३० बर्ष मुनिका ३० सूचीमा परेकी कञ्चन अमात्य हाल महिलाको आर्थिक सशक्तिकरणको लागि युएन वुमेन ग्लोबल च्याम्पियनमा कार्यरत छिन्।

अवार्ड ग्रहण गर्दै

कञ्चन अमात्यले पुरस्कार लिदै भनिन् “म यहाँ डीसीमा यो पुरस्कार स्वीकार गर्दछु, म मेरो घर देशलगायत संसार वरपरका महिला र युवतीलाई बिर्सन सक्दिन किनभने उनीहरु बिद्यालय जान पाउदैनन्।

उनले अगाडि भनिन् जसको अधिकार उल्लङ्घन गरिएको छ, जसको सम्मानलाई अस्वीकार गरिएको छ र जसको आवाजहरू सुनिदैन भन्दै प्रसिद्ध पुरस्कार स्वीकार गरेकी थिइन्।

ललितपुर पाटनका हाल अमेरिकामा बसोबास गर्दै आएकी अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेससमेत जिम्मेवारी पाई काम गरि सकेकी छिन्।

अवार्डसंगै एक क्लिक

अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी थिइन्। जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन्।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन्स इकोनोमिक इम्पावरमेन्ट, संयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर्राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी(डब्लुपीपीसी) सद्भावना दूत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, बिशिष्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन्।

अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टनद्वारा कञ्चन अमात्य ” प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित भएकी थिइन्। साथै उनलाई २०१७ एभ्रीडे योङ्ग हिरो अवार्डद्वारा पुरस्कृत गरिएको थियो भने उक्त पुरस्कार २५ बर्ष मुनिका १ सय जना मध्ये उनी परेकी थिइन्।





Comments

comments

30125