ब्रेन ट्युमर पीडित बालक मोयन सैंजुलाई बचाउन अपिल

रमेश खावाजु –
विगत ३ वर्षदेखि ब्रेन ट्युमर जस्तो जटिल रोगसँग साहसका साथ संघर्ष गरिरहेका मोयन सैंजु हाल काठमाडौंको वीर अस्पतालको न्युरो सर्जिकल वार्डमा उपचाररत छन्।

ब्रेन ट्युमरको ३ पटक सफल शल्यक्रिया भइसकेको भए पनि रोग पुनः बल्झिएकाले अवस्था गम्भीर बन्दै गएको बिरामीका बुबा मोहन सैंजुले बताएका छन्। सैंजुले चिकित्सकहरूको सल्लाहअनुसार थप उपचार तथा जटिल शल्यक्रियाका लागि भारत लैजानुपर्ने र उपचारका लागि ठूलो आर्थिक रकम खर्च हुने बताए।

मोहन सैंजुले सन् २००९ मा इपिएस मार्फत दक्षिण कोरियामा प्रवेश गरी सन् २०१४ मा नेपाल फर्केका थिए। भक्तपुर नगरपालिका वडा नं ९, तचपाल निवासी मिलनसार र सहयोगी मोहन सैंजुले कोरियामा हुँदा भक्तपुर समाज कोरियाको संस्थापक सहसचिव, नेवा पुचः कोरिया कार्यसमिति सदस्य तथा नेपाल योंग स्टार ग्रुप कोरियाको संस्थापक सदस्यको रूपमा सक्रिय रहेका थिए।

विभिन्न संस्थाहरूमार्फत समाजसेवा, कोरियामा नेपाली तथा नेवारी कला संस्कृति, “Buddha Born In Nepal” को प्रचार-प्रसार तथा आपत्-विपत् परेका नेपालीहरूलाई कोरिया तथा नेपालमा सहयोग गरेका थिए।

विगत ३ वर्षदेखि छोरा मोयनको ब्रेन ट्युमरको उपचार गर्दा गर्दै कोरियामा कमाएको पैसा पनि सिद्धिएको र हाल ऋण लिएर उपचार गरिरहेको मोहन सैंजुले भावुक हुँदै बताए। सैंजुले हाल असार १६ गतेदेखि नेपालमा कोरियाबाट फर्केका रिटर्नी अभियन्ताहरूले “मोयन सैंजु बचाऊँ अभियान” सञ्चालन गर्दा नेपाल लगायत विभिन्न देशहरूबाट सहयोग आइरहेको बताए।

दक्षिण कोरियामा पनि नेवा पुचः कोरिया, भक्तपुर समाज कोरियाका साथीहरूले सहयोग संकलन गरिरहेको तथा अन्य संस्थाहरूले पनि सहयोग गर्ने बचन दिएको सैंजुले बताए।

उपचारका लागि ठूलो आर्थिक रकम आवश्यक परेको तथा परिवार अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेकोले छोरा मोयन सैंजुको उपचारको लागि देश-विदेशमा रहेका नेपालीहरूमा सहयोगको लागि मोहन सैंजुले अपिल गरेका छन्।

बिरामीका अभिभावकको विवरण
* नाम: मोहन कृष्ण सैंजु
* ठेगाना: भक्तपुर नगरपालिका–९, भक्तपुर
* सम्पर्क नं : +977-986032-2055

नेपालमा सहयोगका लागि बैंक विवरण
* बैंक: सानिमा बैंक लिमिटेड (Sanima Bank Ltd.)
* खातावालाको नाम: मोहन कृष्ण सैंजु (Mohan Krishna Sainju)
* खाता नं : 023011060009309
* सानिमा सुलभ सेभिङ्ग्स प्राइमरी (SANIMA SULAV SAVINGS PRIMARY)





Comments

comments

139564