युन लङमा किशोरमाथि छुरा प्रहार, १७ वर्षमै गयो ज्यान…

अकालमा गयो ज्यान


न्युज डेस्क
/ एचकेनेपाल डट कम –

हङकङ, ७ जुलाई। हङकङको युन लङमा १७ वर्यीय एक युवकको छुरा प्रहार गरी हत्या भएको छ।

एक हेयर सेलुनमा शनिवार राति करीब ९ बजे भएको विवादको झगडामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानमा जुट्दै

होप चोई स्ट्रिटमा भएको दुई पक्षबीचको झगडामा स्थानीय हुयाङ थर भएका चिनीयाँ युवकमाथि छुरा प्रहार भएको हो। गम्भीररुपमा घाइते भएका उनको पोक ओई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।

घटनामा १० जना भन्दा बढी संलग्न थिए। सोही घटनामा एक जनाको हातमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन्। यो समाचार लेखुञ्जेलसम्म घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।

फोटो सौजन्यः अन सीसी





Comments

comments

30372