भुटानी शरणार्थीः सक्कली यतै, नक्कली उडे अमेरिका

फाइल फोटो

राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत तेस्रो देशमा बसोबासका लागि सबै कागजी प्रक्रिया पूरा गरिन्जेल परिवारका अन्तरे छोरा मोतीलाल थापा (राज) लहरै पंक्तिमा उभिएका थिए।

तर उड्ने बेला यी अन्तरेका ठाउँमा अरु कोही अमेरिकाको मिसोरी पुगेको धेरै ढिलो थाहा भयो।

‘म भुटानको दागाना जिल्लाबाट बुबाआमाका पछि लागेर सन् १९९२ मा बेलडाँगी शिविर आइपुग्दा ११ वर्षको थिएँ,’ बेलडाँगी शिविरमा भेटिएका थपाले सुनाए, ‘यतै पढियो, बढीयो । शरणार्थी दर्ता र प्रमाणीकरणमा पनि परें । घरफिर्तीको कुरा सुरु हुँदै गर्दा बाबु लालबहादुर यही शिविरमा सन् २०१२ मा वित्नुभयो ।’

बीचमा मोतीलाल भारतको मणिपुर गएर गाईपालनमा लागे । सन् २०१५ को अन्त्यतिर एक दिन फेसबुक खेल्दा मात्रै बहिनी दिल्लीमायाबाट मोतीलाले थाहा पाए, घरपरिवारकै अमेरिकी पुनर्वासबारे । ‘कुदेर शिविर आइपुगे ।’ मोतीलाले सुनाए, ‘शिविरको व्यवस्थापन समिति र शरणार्थी आयोगले भरेका कम्प्युटरको लगबुमा हेरिहेरें । कतै मेरो नाममा फोटो खाली राखिएको थियो, कतै मोतीलाल थापा अमेरिका गइसकेको भनेर अर्कैको तस्बिर देखाइयो।’

शिविरमा भेटिएका ४६ वर्षीय जीतबहादुर मगरको कथा पनि उस्तै छ । यो समाचार कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराई र अर्जन राजवंशीले लेखेका छन्।





Comments

comments

31221