जुम्लामा एक हजार २९२ छात्रालाई एचपिभी खोप लगाइँदै

फाइल फोटो

जुम्ला । जुम्लामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एक हजार २९२ छात्रालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ।

जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमैका अनुसार जिल्लाभर सोमबार र मङ्गलबार खोप कार्यक्रम सञ्चालन हुनेछ । जिल्लाका ८४ वटा विद्यालयमा खोप केन्द्र कायम गरिएको छ । जसअनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई उक्त खोप दिइनेछ । जिल्लाका आठ वटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुनेछ।

कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा २४९, तातोपानी गाउँपालिकामा १८९, गुठीचौरमा ११५, पातारासीमा १९६ जनालाई एचपिभी खोप दिइनेछ । त्यसैगरी, तिला गाउँपालिकामा १४७, हिमामा १२०, सिञ्जामा ११८ र कनकासुन्दरीमा १२३ छात्रालाई खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरणकुमार शर्माले जानकारी दिनुभयो । खोप कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। रासस





Comments

comments

140947