कस्मिरमा कर्फ्यु, काठमाडौँमा छटपटी

कस्मिरमा कर्फ्यू

राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कर्फ्यु छ।

राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन्।

पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन्। सञ्चार सेवा पूर्ण रुपमा बन्द छ।

लामो समयदेखि द्वन्द्वको चपेटामा परेको कस्मिरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरु यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन्।

काठमाडौँका विभिन्न गल्लीमा कस्मिरीहरु छाला, हस्तकलाका सामान र पस्मिनाको व्यापार गर्छन्। मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ। चाड मान्न थातथलो गएकाहरुको खबर नपाउँदा यहाँ रहेकाहरुबीच चिन्ता छ। यो समाचार कान्तिपुर दैनिकमा प्रशान्त मालीले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31289