🗳️ सूचना: मतदाताको रुपमा दर्ता गर्नुहोस्

🗳️ सूचना: मतदाताको रुपमा दर्ता गर्नुहोस्

💡 यदि तपाईले निम्न मापदण्डहरु पूरा गर्नु हुन्छ भने तपाई मतदाताको रुपमा दर्ता हुन योग्य हुनुहुन्छः
➢ 18 वर्ष वा सो भन्दा माथि उमेर पुगेको;
➢ हङकङ स्थायी निवासी; र
➢ सामान्यतया हङकङमा बसोबास गरिराख्नु भएको छ ।

आवेदनको अन्तिम म्याद
नयाँ दर्ताः हरेक वर्ष जुन २
विवरण परिवर्तनबारे रिपोर्ट गर्नः हरेक वर्ष जुन २

(आवास विभाग (हाउजिङ डिपार्टमेन्ट) अन्तर्गत सार्वजनिक भाडा आवासमा बसोबास गर्ने अधिकार प्राप्त व्यक्तिहरु वा हङकङ हाउजिङ सोसाइटीअन्तर्गत सब्सिडी प्राप्त भाडा आवासको सम्झौता पत्रमा दर्ता भएका बासिन्दाहरुबाहेकका व्यक्तिहरुले नयाँ दर्ता वा दर्ता ठेगाना परिवर्तनको लागि आवेदनहरु पेश गर्दा ठेगाना प्रमाणहरुको आवश्यक पर्दछ र उनीहरुद्वारा उपलव्ध गराइएका आवासीय ठेगाना सम्झौता पत्रमा लेखिएका ठेगाना मिल्नु पर्दछ।)

ठेगाना प्रमाणित गर्न आवश्यकता हेर्नुहोस्ः https://www.reo.gov.hk/en/voter/ap.htm

आवेदन फारमहरु निम्न स्थानहरुमा उपलब्ध छन्ः
अल्पसंख्यक जातीयहरुको लागि समर्थन सेवा केन्द्रहरु
➢ होप सेन्टर HOPE Centre (Wanchai)
➢ चियर सेन्टर CHEER Centre (Kwun Tong)
➢ होम सेन्टर HOME Centre (Yau Tsim Mong)
➢ होम सब-सेन्टर HOME Sub-centre (Sham Shui Po)
➢ ड्रीम सन्टर DREAM Centre (Kowloon City)
➢ लिङ्क सेन्टर LINK Centre (Kwai Tsing)
➢ वान सेन्टर ONE Centre (Tuen Mun)
➢ YLTH सेन्टर YLTH Centre (Yuen Long)
➢ टच सब-सेन्टर TOUCH Sub-centre (Tung Chung)
➢ आइडिया सेन्टर IDEA Centre (Sha Tin)

सरकारी तथा अन्य कार्यालयहरु
➢ दर्ता तथा निर्वाचन कार्यालय (REO)
➢ सार्वजनिक आवास एस्टेटहरुको जिल्ला कार्यालयहरु तथा व्यवस्थापन कार्यालयहरु
➢ मतदाता दर्ता वेबसाइटबाट आवेदन फारमहरु पनि डाउनलोड गर्न सकिन्छ (vr.gov.hk)

फारमहरु बुझाउने माध्यम
पूरा भरिएको र हस्ताक्षर गरिएको आवेदन फारम REO लाई पठाउंन सकिन्छः
(1) पत्राचारद्वारा (ठेगाना: 29/F, Standard Chartered Tower Millennium City 1, 388 Kwun Tong Road, Kwun Tong, Kowloon);
(2) फ्याक्सद्वारा (फ्याक्स नम्बरः 2891 1180);
(3) ईमेलद्वारा (ईमेल ठेगानाः [email protected]); वा
(4) दर्ता तथा निर्वाचन कार्यालयको अनलाइन अपलोड प्लेटफर्म (www.reo-form.gov.hk) मा स्क्यान गरिएको प्रतिलिपि र ठेगानाको प्रमाण अपलोड गर्न सक्नुहुन्छ।

योग्य व्यक्तिहरुले ‘iAM Smart’ मोबाइल एप (www.reo.gov.hk/video/voter/GCVRguide-EN.mp4) वा अनलाइन प्लेटफर्म (https://eform.cefs.gov.hk/form/vre001/en/) मार्फत ‘iAM Smart+’ प्रयोग गरेर भौगोलिक निर्वाचन क्षेत्रको मतदाताको रुपमा नयाँ दर्ताका लागि आवेदनहरु पनि पेश गर्न सक्छन्।

मतदाताहरुले सत्य र सही जानकारी प्रदान गर्नुपर्दछ। निर्वाचन मामिला आयोग नियमावलीअन्तर्गत कुनै व्यक्तिले जानीजानी वा लापरवाहीपूर्वक मतदाता दर्ताको लागि गलत वा भ्रामक जानकारीहरु (उदाहरणको लागि गलत आवासीय ठेगाना) दर्ता तथा निर्वाचन कार्यालयमा उपलव्ध गराएमा सो व्यक्तिले अपराध गरेको ठहरिने छ, र यदि उक्त व्यक्तिले निर्वाचनमा मतदान गर्छ भने, उसले/उनले निर्वाचन (भ्रष्टाचार र अवैध आचरण) अध्यादेश (क्याप.554) पनि उल्लंघन गर्नेछ।

सोधपुछ
यदि तपाई चिनियाँ वा अंग्रेजी दुवै भाषा बोल्नुहुन्न र REO संग मतदाता दर्ताको सम्बन्धमा सोधपुछ गर्न चाहनुहुन्छ भने तपाईले CHEER / HOPE को फोनमार्फत निःशुल्क दोभाषे सेवाको सहयोग लिन सक्नुहुन्छ। तपाईले CHEER / HOPE को दोभाषेलाई REO को कार्यालय सञ्चालन अवधि विहानको 8:45 बजेदेखि बेलुकाको 6 बजेसम्म सोमवारदेखि शुक्रवार (सार्वजनिक बिदाहरुबाहेक) कन्फ्रेन्स कलद्वारा REO को अधिकारीसंग सोधपुछ गर्न REOको सोधपुछ हटलाइन (2891 1001) मा सम्पर्क गर्न अनुरोध गर्न सक्नुहुन्छ। कन्फ्रेन्स कलमा जोडिएपछि, तपाईले REO को अधिकारीसंग CHEER / HOPE को दोभाषेमार्फत सिधा कुरा गर्न सक्नुहुन्छ।

CHEER / HOPE को हटलाइन नम्बरहरु निम्नानुसार छन्:

भाषा हटलाईन नं (CHEER) हटलाईन नं (HOPE)
बहासा ईन्डोनेशिया 3755 6811 3009 9001
नेपाली 3755 6822 3009 9004
उर्दू 3755 6833 3009 9007
पन्जाबी 3755 6844 3009 9005
तागालोग 3755 6855 3009 9006
हिन्दी  3755 6877  3009 9003
थाई 3755 6866 N/A
भियतनामी 3755 6888 N/A
बङ्गाली  N/A 3009 9002





Comments

comments

72277