गुणराज राई –
गत ८ अगस्ट २०२५ मा दलबहादुर बुढाथोकीको नामबाट एभरेस्ट टाइम्समा प्रकाशित CNCBG को लेख पढ्दा यो स्पष्ट हुन्छ कि CNCBGले BGNCCCको खुट्टा तानेर आफ्नो जस लिने प्रवृत्ति कायम राखेको छ। यसले “CNCBG सधैँ मनमा गुनासो बोकेर, असन्तुष्ट भएर अरूको खुट्टा तान्ने प्रवृत्तिमा रहेको छ” भन्ने कुरालाई पुष्टि गर्छ।
BGNCCCले थर्क रानालाई ब्रिटिश गोर्खा नागरिकता निरन्तरता अभियानबाट कहिल्यै हटाएको थिएन, न त हटाउने चाहना नै राखेको थियो। तर, उनले अभियानलाई नै हानि पुर्याउने खालका कार्यहरू गरेका कारण उनको जिम्मेवारी मात्र परिवर्तन गरिएको हो।
BGNCCCले वरिष्ठ कानुनविद्हरूसँग गहन छलफल गरी सन् २०६३ को नागरिकता ऐनको दफा ३(१)(४) लाई प्रयोग गरेर ब्रिटिश गोर्खा परिवारहरूको नेपाली नागरिकता निरन्तरताका लागि प्रस्ताव तयार गरी राज्य व्यवस्था तथा सुशासन समितिमा दर्ता गराउन सफल भएको छ। हाल उक्त विषय छानबिन र अध्ययनको प्रक्रियामा छ। यस सन्दर्भमा, उक्त दफाको प्रयोगको कारण स्पष्ट गर्न वरिष्ठ अधिवक्ताले स्वयं Zoom बैठक बोलाएर CNCBG लाई जानकारी गराएका थिए। तर, CNCBG ले या त नबुझेर, वा बुझेर पनि बुझ पचाएर, यसलाई विकृत बनाउँदै भ्रम फैलाउने कार्यमा तल्लीन रहेको देखिन्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, थर्क रानाले BGNCCC छोडेर अर्को संस्था CNCBG खोल्नु नै गद्दारीजस्तो कार्य थियो। त्यसपछि विभिन्न भ्रम फैलाउँदै यो ऐतिहासिक अभियानलाई कमजोर बनाउने प्रयास गर्दा अभियानमा गम्भीर असर पर्ने स्थिति सिर्जना भएको छ।
तसर्थ, यस्ता गतिविधिबाट सचेत रहन र अभियानलाई थप सशक्त बनाउन BGNCCC UK/Nepal सम्पूर्ण सदस्यहरू र शुभचिन्तकहरूसँग हार्दिक अपिल गर्दछ।