आगलागी भएको ३ महिनापछि युन लोङमा भेटियो दक्षिण एसियाली नागरिकको शव..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २२ अप्रिल। युन लोङ क्षेत्रमा रहेको एक टिनको छाप्रोमा चिनियाँ नयाँ वर्षको पहिलो दिन भएको आगलागीको करिब तीन महिनापछि एक दक्षिण एसियाली पुरुषको शव फेला परेको छ।

नयाँ भाडावालको लागि मर्मत र पुन: भाडामा दिने तयारी भइरहेको बेला ताई ताओ चुन क्षेत्रमा चार जना कामदारले स्थल सफा गर्ने क्रममा शव फेला पारेका हुन्। जलेको अवस्थामा फेला परेको शव ५९ वर्षीय दक्षिण एसियाली पुरुषको रहेको पुष्टि भएको छ। उनी त्यस स्थानका पूर्व भाडावाल भएको र आगलागीमा परी दुखद निधन भएको अनुमान गरिएको छ।

गत जनवरी २९ मा राति ११:१९ बजे भएको आगलागी विद्युतीय सर्ट सर्किटका कारण भएको आशंका गरिएको थियो। यस घटनामा क्षेत्रका धेरै टहराहरू प्रभावित भएका थिए, तर सुरुमा कुनै मानवीय क्षति भएको रिपोर्ट गरिएको थिएन।

घटनास्थलमा मुख्यतया दक्षिण एसियाली समुदायका दश भन्दा बढी बासिन्दाहरू बस्दै आएका थिए। आगलागी पश्चात बाँकी भाडावालहरूले स्थान खाली गरेका थिए।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

130726