६९ कामदार नेपाल फिर्न पाएनन्

प्रतीकात्मक फोटो

यूएइस्थित एड्भान्स मानेजमेन्ट सर्भिसेज कम्पनीले करार अवधि सकिइसकेका ६९ नेपालीलाई स्वदेश पठाइएको छैन।

-

कम्पनीले भिषा रद्द गर्न नसक्दा कामदार फर्कन नपाएका हुन्।

आफूहरुलाई तीन महिनादेखि क्याम्पमै राखिएको पीडित नेपाली कामदार बताउँछन् । उनीहरुलाई काममा समेत लगाइएको छैन।

पीडितले दुई महिनादेखि नै दूतावासलाई अनुरोध गर्दै आएको बताएका छन् । तर दूतावासले कम्पनीबाट पाउने सुविधा दिलाएर स्वदेश पठाउन समन्वय भइरहेको जनाएको छ। यो समाचार कान्तिपुर दैनिकमा छ ।





Comments

comments

31680