बेलायतमा नौमती बाजासहित नेपाल भ्रमण वर्षको प्रचार

नौमती बाजा समूह

ओम थापा / एचकेनेपाल डट कम –

लण्डन। बेलायतमा नौमती बाजासहित नेपाल भ्रमण वर्ष २०२० को व्यापक प्रचारप्रसार गरिएको छ।

लण्डन मेला २०१९ को आयोजना गरेर नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसार तीब्रता दिइएको हो। बेलायतस्थित नेपाली दूतावासको संयोजनमा प्रथम नौमती बाजा गुल्मी युके र कोसेली कल्चर ग्रुपसहित थुप्रै समूहहरू मेलामा सहभागी थिए।

बेलायतका बिशेष संघसंस्था र अन्य स्थानीयबासी समुदायसंग सहकार्य र समधुर समन्ध राख्ने उद्देश्य लियर यस बर्ष पनि धुमधाम मेला सम्पन्न भएको छ।

प्रमुख अतिथि सुवेदीसहित कलाकारहरु

मेलामा प्रमुख अतिथि राजदूत डा.दुर्गाबहादुर सुवेदी र बिशेष अथितिमा उपनियोग प्रमुख डीसिएम शरद आरन थिए भने द्वितीय सचिव लभ सुबेदी, तृतीय सचिव तेजेन्द्र रिजालीका साथै गुमान सिह थापा, हरि आछामीलगायत दूतावासका नेपाली कर्मचारीहरू नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा व्यस्त थिए।

हरेक बर्ष हुने दुई दिने मेलामा करीब ९० हजार दर्शकले मेला हेर्न आएको आयोजकले जानकारी दिए।

नौमती बाजा समूहले गत २०१० सालदेखि हरेक बर्ष नेपाली दूतावाससंग सहकार्य गर्दै आएको छ।

नृत्य प्रस्तुत गर्दै कलाकारहरु

यस्तै यस नौमती समूह नेपालीको कला र संस्कृतिलाई प्रवर्द्धन गर्न युरोपका कुना कुना पुग्ने गरेको छ। गत जुलाई १२-१४ मा युरोपको नेदरल्याण्ड पुगेर यो समूहले नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गरेको थियो। बेलायतका बिभिन्न ठाउंमा स्थानीयवासी नेपाली समुदायहरुसंग सहकार्य गर्दै नेपाल भ्रमण बर्ष २०२० को तनब्रीज, लन्डण्न, अल्डरसट, रिडीड्गमा समूहले आफ्नो कला प्रस्तुत गरेको थियो। समूहले नेपालीहरूको शुभबिवाहहरुमा समेत सहभागी हुंदै अर्थ संकलन गरेर नेपालको अंपाग असहायहरूलाई सहयोग गरेको नौमती बाजा प्रमुख संयोजक ओमप्रसाद थापा काउचाले बताए।

नौमती समूह कलाकारहरूमा समूहका प्रमुख संयोजक ओम थापा काउचा टोप पल्ली, पुर्ण बलाल,कुमार राना, बीर थापा, लाल काउचा, होम लाल राना, याम थापा, प्रकाश गलामी, थाम रोका, पार्वती थापा, जमुना राना, शेष पल्ली दालसरी थापा, नन्दा गुरूग्ड, राजकुमारी गुरूग्ड थिए।

यस्तै कोसीली ग्रुपबाट तीन वटा रोचक नाच घामिल नाच र सराय नाच, सानो नानीहरूको परम्परागत लोक नृत्य प्रस्तुत गरेको थियो।





Comments

comments

31699