एनआरएन नेदरल्यान्ड्सको नयाँ कार्य समिति चयनसंगै आठौ अधिबेशन सम्पन्न

द्रोण रिजाल –
नेदरल्यान्ड्स। गैरआवासीय नेपाली संघ नेदरल्यान्ड्सको आगामी बर्ष २०१९-२१ कार्यकालका लागि नयाँ कार्यसमिति छनौटसंगै आठौ अधिबेशन सम्पन्न भएको छ।

नेदरल्यान्ड्समा रहेका विभिन्न राजनीतिक संगठन , सामाजिक संघसंथाहरुको सहयोग र समर्थनमा प्रतिनिधित्व रहने गरि गरिएको समाबेशी कार्यसमिति सर्बसम्मतले चयन गरेको हो।

अथक प्रयासका बाबजुत उक्त प्रयास समितिमा रहेका सम्पूर्ण सदस्यहरुको र सामाजिक तथा राजनीतिक अभियन्ताको सहयोगबाट सम्भब भएको समन्वय समितिका संयोजक शशी पौडेलले जानकारी गराउनु भयो।

आगामी २०१९-२१ कार्यकालका लागि आइसीसी सदस्य ठाकुर प्रसाद शर्मा (मनोहरि), एनआरएन नेदरल्यान्ड्सको अध्यक्षमा ् श्रीराम कडेल ्, बरिष्ठ उपाध्यक्ष मिम पुर्जा, उपाध्यक्षहरुमा अच्युत कट्टेल , हेम कुमार भुजेल , हिरामणि पराजुली(अशोक) हिरण्य ओझा र कुश बजगाई रहेका छन| त्यसै गरि महिला उपाध्यक्षमा बर्षा खड्का , महासचिबमा संघर्षशील केसी ,सचिबमा थमन बहादुर कार्की, कोषाध्यक्षमा खेम सापकोटा , सह-कोषाध्यक्षमा रेशम गुरुङ , युवा संयोजकमा अमिर गुरुङ र महिला संयोजकमा राधा देवी शर्मा कडेल रहेका छन्।

नर्थ होल्याण्डको संयोजकमा सिता सापकोटा , साउथ होल्याण्डको संयोजकमा राज कुमार श्रेष्ठ र लिम्बर्गको संयोजकमा खड्ग रोक्का निर्वाचित हुनुभएको छ। त्यसै गरि सदस्यहरुमा मिडिया संयोजक रहनेगरी द्रोण रिजाल , प्रवक्तामा शाबी पौडेल , चन्द्र कुवर ,दिपक ढकाल , ध्रुब न्येपाने , गणेश थापा राम चन्द्र पोख्रेल ,राम बुढाथोकी ,राजेन्द्र कडेल, शा बेनेलग्जका लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यमा भएको अधिबेशनमा एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य, कुमार पन्त , केन्द्रीय सदस्य पर्वत गुरुङ ,केन्द्रीय सदस्य अर्जुन कुमार श्रेष्ठलगायत विभिन्न संघसंथाका प्रतिनिथिको आतिथ्य रहेको थियो।

प्रमुख अतिथिलगायत अतिथिहरुले पानसमा दियो बालि अधिबेशनको उद्घाटन गरेका थिए भने कार्यक्रम संचालन शान्ति थोकरले गरेका थिए।





Comments

comments

Trending Now : जापान उडानः रित्तै जाने, रित्तै आउने
31803