न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २२ सेप्टेम्बर। हङकङ प्रहरीले चीनको राष्ट्रिय झण्डा जलाएको अभियोगमा शनिवार १३ वर्षीया बालिकालाई पक्राउ गरेको छ।
प्रदर्शनकारीले चुन मुनमा शनिवार टाउन हलबाहिर टाँगिएको चीनको राष्ट्रिय झण्डा निकालेर जलाएका थिए।
प्रहरी अनुसन्धानमा झण्डा जलाउंनुमा उनको हात रहेको भन्दै उनलाई चुन वानबाट पक्राउ गरिएको जनाएको छ। पक्राउ परेकी बालिकाको विषयमा यसभन्दा बढी जानकारी प्रहरीले उपलब्ध गराएको छैन।
कानुनतः चीनको राष्ट्रिय झण्डाको अनादर गर्नेलाई ३ वर्षसम्म जेलको सजाय हुने प्रावधान रहेको छ। विश्वका विभिन्न देशहरुमा राष्ट्रिय झण्डाको अनादर गर्नेलाई ६ महिनादेखि १० वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान रहेको छ।
राष्ट्रिय झण्डाको अनादर गर्नेलाई अष्ट्रियामा ६ महिना र अल्जेरियामा १० वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान रहेको छ।


