अजिब गुरुङ ‘ओम’ ले एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिने

अजिब गुरुङ ‘ओम’

जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समवन्य परिषदको अधिवेशनमा अजिब गुरुङ ‘ओम’ ले एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिने भएका छन्।

एनआरएनए जापानको उपाध्यक्ष हुंदै अध्यक्ष भएर सफल कार्यकाल सम्पन्न काम गरिसकेका गुरुङले ३ पटक आईसीसीको पदको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन्।

गुरुङले अहिले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिने तयारीमा रहेका छन्।

नेपालमा पर्वत जिल्लाको फलेवास नगरपालिका ८ ठानामौलाको खाल्टेमा जन्मिएका गुरुङको स्थायी बसोबास भने चितवनको माडी हो।

केही वर्षयता जापानमा सफल रेष्टुरेण्ट र रेमिट्यान्स ब्यवसायीका रुपमा चिनिएका गुरुङ अध्यक्षको उम्मेदवार हुदै गर्दा ६ जना प्रत्यासीहरुलगायत सिंगो कार्यसमिति नै सर्ब सम्बत गराइ सबैलाई मिलाएर लैजान सक्ने मिलनसार र अहिलेका अति बलियो उम्मेदवारमा पर्दछन्।

यस अघिका अधिबेशनहरुमा आफ्नो बलियो सम्भावना हुदा-हुदै पनि साथीहरुलाई समर्थन गरि अघि लगाएर बसेका गुरुङ अहिले भने आफ्नो पालो आएको र आफ्नो उम्मेदवारी व्यक्तिगत स्वार्थ भन्दा पनि गैरआवासीय नेपालीकोहरुको समुचित बिकासको लागि निरन्तरता भएको दावी गरेका छन्।

नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैरआवासीय नेपाली संघको मुल नारालाई सार्थकर्ता दिन आफूले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिएको गुरुङले बताए।

जापानस्थित नेपाल आदिबासी जनजाति महसंघ जापानको संस्थापक अध्यक्षसमेत रहेका गुरुङले विभिन्न संस्थाहरुमा आवद्ध रहेर काम गरिसकेको छन्।

गुरुङ गैरआवासीय नेपाली आन्दोलन र अभियानको अगुवामा निकै परिचित नाम हो। बिगत एनआरएनए जापानको एनसीसीदेखि नै भबन भट्टसंग नजिक रहेर काम गरेका गुरुङ गत निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वयको केन्द्रीय समितिमा भट्टको बिजयीसंगै प्रवक्ता बन्ने निकै चर्चा थियो भने हाल पनि एनआरएनए NCC र ICC को नीति निर्माण तथा प्रकृया जस्तो महत्वपूर्ण बिषयमा उप-संयोजक जस्तो जिम्मेवारी ठाउँमा रहेर काम गरिरहेका छन्।

गैरआवासीय नेपाली संघको परिकल्पना स्थापना र बिकासमा एनआरएनए एनसीसी र आईसीसीमा गुरुङको योगदान र भूमिका निकै महत्वपूर्ण मानिन्छ।

हाल पर्वत समाज जापान, नेपाल आदिवासी जनजाति महासंघ जापान, तमु धीं जापान, चितवन समाज जापान,तमु ह्युल छोंज धीं नेपालको अन्तर्राष्ट्रिय परिषद् सल्लाहकारलगायत विभिन्न संस्थामा आवद्ध गुरुङ समसामयिक विषयमा कलमसमेत चलाउंछन्।

एसिया प्यासिफिक संयोजकमा आफ्नै भिजन नै आफ्नो मिसन भएकोले आफै जिम्मेवारी तहमा बसेर काम गर्न चाहेको गुरुङले बताएका छन्।

मुख्य त एसिया नेपालीहरुको रोजगारीको मुख्य गन्तब्य भएकोले बिशेष गरेर यस क्षेत्रमा रहेका गैरआवासीय नेपालीहरुको हक अधिकार, श्रमको उचित मूल्य र व्यवस्थित रोजगार, जीवन बिमाको पहल गर्ने र बिदेशमा निधन भएका नेपालीहरुको लाश सरकारी तवरवाट नेपाल लाने र विदेशीभूमिमा अलपत्र नेपालीहरुको उद्धारमा आफू जोडदारसंग लाग्नको लागि आफू एसिया प्यासिफिक संयोजक भएर गहनरुपले सेवा गर्न चाहेको गुरुङले बताए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

32114