एक हजार बढीको उपहार लिन नपाइने

फाइल फोटो

मकवानपुरगढी र महनहरी गाउँपालिकाले एक हजारभन्दा बढीको उपहारमा रोक लगाएको छ।

दुवै गाउँपालिकाले गाउँसभाबाट यसबारे ऐन नै पारित गरेको छ।

ऐनमा ५१ जनाभन्दा बढी जन्ती जान र दाइजो लिनदिन नपाइने व्यवस्था गरिएको छ । ऐनलाई पालिका बासीन्दाहरुले सकारात्मक ढंगले लिएका छन्।

स्थानीयको सामाजिक व्यवहारमा सुधार ल्याएर फजुल खर्च र अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्ने उद्देश्यले सामाजिक सुधार ऐन ल्याएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले बताए।

घूसखोरी र भ्रष्टाचार गर्ने प्रवृत्तिलाई न्यूनीकरण गर्न पनि सामाजिक सुधार ऐनको अनिवार्य आवश्यकता रहेको महसुस गरिएकोकाले ऐन निर्माण गरिएको उनले बताए।





Comments

comments

32111