सीको भ्रमणमा व्यावसायिक उडान २ घण्टा २० मिनेट रोकिने

फाइल फोटो

त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थलले आज दिउँसो २ः५५ देखि ५ः५५ बजेसम्म व्यावसायिक उडान रोक्ने निर्णय गरेको छ।

विमानस्थल उड्डयानकर्मीका लागि जारी गरिने सूचनायुक्त नोटमा सार्वजनिक गर्दै २ घन्टा २० मिनेट विमानस्थल बन्द गरेर चिनियाँ राष्ट्रपति सी जिनपिङको भीभीआईपी उडानलाई प्राथमिकता दिएको छ।

विमानस्थल एक अधिकारीका अनुसार २ घण्टा २० मिनेटको अवधिभित्र चिनियाा राष्ट्रपति सीको भीभीआईपी उडान अवतरण गर्नेछ । त्यसपछि मात्रै व्यावसायिक उडान हुनेछ । सी भारतको चेन्नईबाट काठमाडौँ आउँदै छन्।

उनको सवारीमा एयर चाइनाका दुईबटा बोइङ ७४७ विमान काठमाडौँ आउँदै छन् । विमान टर्मिनल भवनकै एप्रोनमा पार्किङ गरिने भएकाले तिनले ६ वटा जाहाज पार्किङ गर्न सकिने स्थान ओगट्नेछन् । नौवटा जहाज पार्किङ क्षमताको विमानस्थलले त्यसपछि तीनवटा विमानलाई मात्रै व्यवस्थापन गर्न सक्नेछ । यो समाचार कान्तिपुर दैनिकमा मात्रिका दाहालले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

32207