कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरीका। हिन्दूहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनिबार सांझ एक साँस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन्।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा, त्रिभुवन बिश्व बिद्यालयका पूर्व उपकुलपति तिर्थ खनीयाको प्रमुख आतित्थ्यता तथा हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको बिशेष आतिथ्यमा, लोकगायक भगवान भण्डारी र स्थानीय कलाकारहरुका माझ उनीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम गर्दै महान चाड मनाएका हुन्।

नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर शुरु गरिएको कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, व्यवसायी, बुद्धिजीवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपालीप्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारणको उपस्थिति रहेको थियो।

आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती बिनोद त्रिपाठीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि डा. खनियांले दशै, तिहार र छटको शुभकामना दिदै, नेपालदेखि यति टाढा आएर बसोबास गर्दा पनि नेपालको धर्म संस्कृतिलाई निरन्तरता दिई संरक्षण र पहिचाहनमा टेवा दिएकोमा सबैलाई धन्यवाद दिए। उनले मातृभूमिलाई नभुल्न र यथासक्या सहयोग गर्न सबैलाई आग्रह गर्दै प्रवासमा रहेका सबै नेपालीलाई नेपाली राजदूतको संज्ञा दिए।

प्रवासमा रहेका नेपालीबाट देशमा नयां प्रविधि ल्याइ बिकास गर्नुपर्ने धारणा राखे । त्यसैगरी कार्यक्रममा बिशेष अतिथि नारायण श्रेष्ठ, लोकगायक भगवान भण्डारी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका ट्रष्टी पदम बिश्वकर्मा, संस्थाका पूर्व अध्यक्षद्वय धर्मराज श्रेष्ठ र शरद आचार्यले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रमको दोश्रो चरणमा साँस्कृतिक कार्यक्रम संचालन भएको थियो। स्थानीय कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी लोकगायक भगवान भण्डारी तथा स्थानिय कलाकारहरु निर्मला साप्कोटा र रिता ज्ञावाली बिच दोहोरी गीत सञ्चालन गरि दर्शकहरुलाई नयां स्वाद पस्कने प्रयास गरिएका थियो । कार्यक्रमको अन्त्यमा गायक भगवान भण्डारीले आफ्ना चर्चित गीतहरु खैरेनीमा गेट, फूलमा भमरा, बनमा कांडा छ जस्ता गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए।

कार्यक्रम गर्न तोकिएको सेन्चुरी मिडिल स्कुल ईमरजेन्सी सट डाउन गर्नु परेको कारण अन्तिम घडीमा कार्यक्रम हुने स्थान परिवर्तन गरि वेस्टमिनिष्टरस्थित याक एण्ड यती रेष्टुरेन्टमा तोकिएको समय भन्दा २ घण्टा पछाडि कार्यक्रम संचालन गरिएको थियो।

आयोजक संस्थाका महासचिव विनय दाहाल र किरण अधिकारीले कार्यक्रम संचालन गरेका थिए। त्यस्तै कार्यक्रमका प्रमुख अथिति र बिशेष अतिथिलगायतका अतिथिहरुलाई अध्यक्ष बिनोद त्रिपाठीले खादा लगाई दिई स्वागत गरेका थिए।

कार्यक्रमको अन्तमा उपस्थित सबैलाई दशै, तिहार र छटको शुभकामना दिदै महासचिव विनय दाहाल र अध्यक्ष बिनोद त्रिपाठीले संकटको घडीमा स्थान उपलब्ध गराई कार्यक्रम सफल पार्न बिशेष सहयोग गर्ने याक एण्ड यतीका संचालक दिनेश भट्टराईलगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

32368