समाजवादी–राजपा एकताः हात्ती आयो हात्ती आयो फुस्सा!

तत्काल एकता नहुने

सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्काल एकता नहुने भएको छ।

एकताका लागि दुबै दलका शीर्ष नेताबीच औपचारिक अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन।

दुबै दल एकीकरण गरेर वैकल्पिक पार्टीका रुपमा स्थापित गर्ने उद्देश्य समाजवादी र राजपाले लिए पनि पदीय भागबण्डामा पुगेर प्रक्रिया रोकिएको बताइएको छ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पार्टी एकताको प्रक्रिया अगाडि बढेको दाबी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘जनता र कार्यकताएको चाहनाअनुसार दुबै पार्टी एकता गरेर एउटै पार्टी बनाउन वार्ता सकारात्मकरुपमा अगाडि बढिरहेको छ।’

कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्तिका रुपमा पार्टी एकता गर्न लागेको बताउँदै यादवले शीर्ष तहमा लगातार छलफल भइरहेको बताउनुभयो । एकतामा समाजवादी पार्टीभित्र ठूलो विवाद नरहे पनि राजपाभित्र विवाह रहेको बताइएको छ। यो खबर नेपाल समाचारपत्रमा छापिएको छ।





Comments

comments

32533