हाँस्दै फूलको गुच्छा दिएर सांसदमाथि छुरा प्रहार…

आक्रमणपछि जुनिस हो

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ नोभेम्बर। बेइजिङ समर्थक सांसद जुनिस होमाथि बुधवार बिहान ८:४५ बजे चुन मुनमा छुरा आक्रमण भएको छ।

आगामी जिल्ला परिषद चुनावका लागि प्रचार गर्ने क्रममा उनीमाथि छुरा प्रहार भएको हो।

घाइते हो र उनीमाथि प्रहार भएको छुरा दायाँ

एक अनलाइन समाचारमा भनिएको छ – आक्रमणकारीले होसँग कुरा गरे र उसलाई फूलको गुच्छा दिए। घटना उ चू रोडको रिचल्यान्ड गार्डन नजिकै भएको हो।

त्यस व्यक्तिले सोध्यो कि के म फोटो खिच्न सक्छु ? त्यसपछि उनले झोलाबाट छुरा निकालेर सांसदको छातीमा प्रहार गर्छन्।

जसले प्रहार गर्यो छुरा

आक्रमणकारीलाई तुरुन्तै नजिकै रहेका मानिसहरूले नियन्त्रणमा लिन्छन्।

त्यस व्यक्तिले होलाई गाली गर्दै जुलाई २१ मा युन लङ एमटीआर स्टेशनमा भएको आक्रमणमा उनको हात रहेको आरोप लगाए। त्यस घटनामा सेतो टीशर्ट लगाएका भीडको आक्रमणबाट दर्जनौं मानिस घाइते भएका थिए।

उद्धारकर्मीले होलाई चुन मुन अस्पतालमा लगिएको छ। प्रहरीले संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ।

प्रारम्भिक उपचारपछि उनले पत्रकारलाई कराङको हड्डीले आफूलाई बचाएको बताए। छुरा प्रहारबाट दुई सेन्टिमिटर लामो चोट लागेको छ।

जुनियस हो आउँदो जिल्ला परिषद चुनावमा चुन मुनको लोक चुई निर्वाचन क्षेत्रको उम्मेदवार हुन्।





Comments

comments

32548