स्कुले युवती पूजा बोहरा बलात्कारका दोषीलाई साढे ११ वर्ष जेल

फाइल फाेटाे

सर्वोच्च अदालतले बैतडीकी एक स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजायँ सुनाएको छ।

तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको यस अघि उनीहरूलाई सफाइ दिने फैसलालाई उल्टाउँदै न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासलले पीडकलाई साढे ११ वर्षको जेल सजायँ तथा पीडितलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश गरेको हो।

सर्वोच्च अदालतका सहायक प्रवत्ता देवेन्द्र ढकालका अनुसार बलात्कार कसुरमा साढे छ वर्ष र सामुहिक बलात्कारको कसुरमा पाँच वर्ष गरी कुल साढे ११ वर्ष कैद सजाय सुनाएको हो।

साथै अदालतले पीडक दुबै जनाबाट जनही साढे दुई लाख गरी पाँच लाख र सरकारका तर्फबाट पाँच लाख गरी पीडितलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिनु पर्ने फैसला सुनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ।





Comments

comments

Trending Now : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने
32705