नेपालका बाढी पीडितहरूको सम्झनामा हङकङमा श्रद्धाञ्जली कार्यक्रम

–

पशन तमू / एचकेनेपाल डट कम –
हङकङ, ७ सेप्टेम्बर। नेपालमा आएको विनाशकारी बाढीका पीडितहरूको सम्झनामा हङकङको याउ मा तेई स्थित हेनरी जी. लियोङ कम्युनिटी हलमा एक विशेष श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

–

सोमबार साँझ आयोजित उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरू, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो।

साँझ ६:३० बजेदेखि सुरु भएको कार्यक्रममा आमन्त्रित पाहुना तथा सर्वसाधारणले दर्ता प्रक्रिया पूरा गरी शोक पुस्तिकामा आफ्ना समवेदना सन्देशहरू दर्ता गराएका थिए।

–

७:३० बजे औपचारिक रूपमा सुरु भएको कार्यक्रममा प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति १ मिनेटको मौन धारण गरिएको थियो। त्यसपछि, उपस्थित सम्पूर्णले हलमा उपलब्ध गराइएको फूल अर्पण गर्नुका साथै एलईडी मैनबत्ती प्रज्वलन गरेर श्रद्धाञ्जली व्यक्त गरेका थिए।

–

औपचारिक कार्यक्रममा नेपालका का.व. महावाणिज्यदूत सतीश गुरुङले मन्तव्य राख्दै बाढी पीडितहरूको दुःखमा ऐक्यबद्धता जनाए। त्यसैगरी, लेजिस्लेटिभ काउन्सिलकी अध्यक्ष एवं नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिकी सदस्य स्टारी ली वाई-किङ र याउ त्सिम मोङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङले पनि कार्यक्रममा शोक मन्तव्य व्यक्त गर्दै सहानुभूति प्रकट गरे।

–

साँझ ८:१० बजे औपचारिक सत्र समापन भए तापनि हलमा शोक पुस्तिका र फूल अर्पण कार्यक्रमहरू साँझभरि नै सबैका लागि खुला राखिएको थियो।

–

फोटोः जगतअम्बु गुरुङ





Comments

comments

140760