हङकङमा यसपटक कतिको जाडो होला ? यस्तो छ मौसमविद्को प्रक्षेपण

हङकङ अब्जरभेटरीले यो हिउँदमा सधैँको तुलनामा कम जाडो र बढी वर्षा हुने प्रक्षेपण गरेको छ । (सन्दर्भ तस्बिर)

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २९ नोभेम्बर। हिउँद याम नजिकिँदै गर्दा यसपटक हङकङमा कतिको जाडो होला भन्ने चासो सबैमा छ।

हङकङ अब्जरभेटरीको पछिल्लो प्रक्षेपणअनुसार यसपटक सधैँको तुलनामा कम जाडो (अलि न्यानो) र बढी वर्षा हुने देखिएको छ।

जलवायु परिवर्तन र हालसम्मकै शक्तिशाली मानिएको ‘एल निन्यो’को प्रभावका कारण डिसेम्बर २०२६ देखि फेब्रुअरी २०२७ सम्मको तापक्रम सामान्य वा सोभन्दा केही माथि रहने मौसमविद्हरूको भनाइ छ।

यस अवधिमा तापक्रम १२ डिग्री सेल्सियस वा सोभन्दा तल झर्ने अत्यधिक चिसो दिनहरू विगतको तुलनामा कम अर्थात् जम्मा ६ देखि १४ दिन मात्र रहने अनुमान छ।

यद्यपि, समग्रमा हिउँद न्यानो रहे पनि बेलाबेलामा चल्ने चिसो हावाको लहरले दैनिक तापक्रममा एक्कासि उतारचढाव ल्याउने चेतावनी अब्जरभेटरीले दिएको छ।

सन् २०२६ मा ऐतिहासिक गर्मीका रेकर्डहरू (अगस्टमा ३६.९ डिग्री र सन् १८८४ यताकै तातो अक्टोबर) भोगेको हङकङमा यो हिउँद पनि अपेक्षित रूपमा कम चिसो हुने देखिएको हो।





Comments

comments

142652