हङकङेली जनताकाे अग्निपरीक्षाः जनताले कसकाे साथ देलान्?

फाेटाेः सीजीटीएन

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, २४ नोभेम्बर। हङकङमा आइतवार जिल्ला परिषदकाे चुनाव भइरहेकाे छ। मतदान विहान ७:३० बजेदेखि राति १०:३० बजेसम्म गर्न सकिने छ।

यस चुनावमा १८ बर्ष उमेर पुगेका मतदाताले मतदान गर्न सक्ने छन्।

विगत ५ महिनादेखि जारी आन्दाेलनबीच भइरहेकाे यस पटककाे जिल्ला परिषदकाे चुनावलाई बेइजिङ पक्षधर (प्राे-बेइजिङ) र प्रजातान्त्रिक पक्षधर (प्राे-डेमाेक्रेसी) बीच प्रतिष्ठाकाे लडाईकाे रुपमा हेरिएकाे छ।

जारी आन्दाेलनमा अत्याधिक जनता सहभागी भएकाले आफ्ना उम्मेदवारले जीत हासिल गर्नेमा प्रजातान्त्रिक पक्षधर आशावादी छन्।

अर्काेतिर, आन्दाेलनकारीले हङकङकाे आर्थिक र भाैतिक संरक्षण ध्वस्त पारेकाे र हिंसात्मक गतिविधि गरेर जनताकाे दिनचर्यामा असर पार्ने आन्दाेलनकारीलाई उकास्ने काम गर्ने प्रजातान्त्रिक पक्षधरका उम्मेदवारलाई जनताले पराजित गरेर पाठ सिकाउने बेइजिङ पक्षधरले आशा राखेकाे छ।

अपडेट हुंदै…





Comments

comments

32780