नेपालको भूमि अतिक्रमणविरुद्ध वाशिंगटन डिसीस्थित भारतीय राजदूतावासमा बुझायो विरोध पत्र

फोटोः विजय थापा

नेपालको भूमि अतिक्रमण बिरुद्ध अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित भारतीय राजदूतावासमा एनआरएनए अमेरिकाद्वारा बिरोध पत्र पेश गरेको छ।

भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रहरु गलत तरिकाले नक्शाभित्र पारिएको भन्दै भारतीय राजदूतावासमा एनआरएनए अमेरिकाद्वारा बिरोध पत्र पेश गरेको हो।

गैरआवासीय नेपाली संघ आईसिसि उपाध्यक्ष रबिना थापा, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी , एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्ष कृष्ण जीबी पन्थ, बोर्ड अफ डायरेक्टर छत्र गुरुङ, मेरिल्याण्ड च्याप्टर अध्यक्ष डोलनाथ घिमिरे एबं समाजसेवी प्रेम कुमार श्रेष्ठको उपस्थिति रहेको थियो।

फोटोः विजय थापा

उक्त अवसरमा नेपालको सार्वभौम भूमि आफ्नै सिमाभित्र सुरक्षित गर्नका लागि सघाउन समेत सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरिएको छ । यद्यपि दुई देश बीचको सीमा समस्या दुईपक्षीय कुटनीतिक संवादमार्फत समाधान हुनुपर्नेमा एनआरएनएले जोड दिएको छ।

एनआरएनए आईसिसिले शुरु गरेको यस अभियानलाई बिश्वभर रहेका एनआरएनए एनसीसीहरुले अभियानका रुपमा अगाडी बढाउने क्रममा भारतीय दूतावासमा एनआरएन एनसिसि अमेरिकाले बिरोध पत्र पेश गरेको हो।





Comments

comments

32964