पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत बढी

फाइल फोटो

माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् हुने देखिएको छ।

हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । पाँच वर्ष अर्थात् सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ । १५ प्रतिशत वृद्धिलाई आधार मानेर गरेको प्रक्षेपणमा भने सन् २०२४ मा ३९४७ मेगावाट पुग्नेछ । नेपाल विद्युत् प्राधिकरणले भने सन् २०१९÷२०१० मै विद्युत्को माग २२२५ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो।

पावर समीट २०१९ मा विद्युत् प्राधिकरणको विवरण र हालको मागको आधारमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का महासचिव आशिष गर्गले गरेको विश्लेषणअनुसार सन् २०१९ मा विद्युत् सरप्लस हुने छैन भने सन् २०२० मा ११ मेगावाट हुनेछ।

यसैगरी सन् २०२१ मा विद्युत् उत्पादन २२३६ मेगावाट हुनेछ भने ७०१ मेगावाट सरप्लस हुने छ । त्यसैगरी सन् २०२३ मा भने उत्पादन ५२४९ मेगावाट पुग्नेछ भने १६२५ मेगावाट सरप्लस हुनेछ । यसरी बढ्दै जाँदा पाँच वर्षमा ३ हजार विद्युत् सरप्लस हुनेछ। यो समाचार कारोबारमा भीम गौतमले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

32973