प्रधानमन्त्रीका कारण विवादित बन्दै पर्यटन बोर्डको सीईओ चयन प्रक्रिया

फाइल फोटो

नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का बारेमा प्रधानमन्त्री र पर्यटनमन्त्रीबीच मतभिन्नता हुँदा सीईओ चयन प्रक्रिया विवादित बन्नुका साथै लम्बिन पुगेको छ।

पर्यटन बोर्डको आइतबार साँझको बैठकमा नयाँ सिईओको नाम सिफारिस गर्ने बताइए पनि अर्को सूचना नआएसम्म स्थगित गरिएको छ । बोर्डका तत्कालीन सीईओ दीपकराज जोशीको कार्यकाल पुसको दोस्रो साता सकिएपछि नयाँ प्रमुख नियुक्त गर्न बोर्डका सदस्य विप्लव पौडेलको संयोजकत्वमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यय र बोर्डका अर्का सदस्य कृष्णबहादुर महरा सम्मिलित उपसमिति बनाइएको थियो।

सो उपसमितिले डा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिस गरेको छ । पर्यटनमन्त्रीले डा रेग्मीलाई नियुक्त गर्ने योजनामा बनाएकोमा प्रधानमन्त्री कार्यालय सकारात्मक नहुँदा सीईओ नियुक्ति तत्काल अगाडि बढाउन रोकिएको सदस्यहरुकै आरोप छ। यो समाचार आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन्।





Comments

comments

33560