पूर्वराजा ज्ञानेन्द्र पश्चिम बंगालतिर, उच्च नेतालाई पनि भेट्ने

फाइल फोटो

पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित आज भारतको पश्चिमबंगाल जाँदै छन्।

गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिमबंगाल जान लागेका हुन्।

निजी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही निजी कर्मचारीसहित पश्चिम बंगाल भ्रमणमा जाने शाहलाई सुरक्षा निकाय र उनको कारगेटसहितको टोलीले आज बिहान ११ बजे काँकडभिट्टा छाड्नेछ।

शाह दम्पत्तीले ती क्षेत्रमा रहेका धार्मिकस्थल दर्शन गर्नुका साथै नेपाली भाषी र पश्चिमबंगालका उच्च तहका नेतालाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ। यो समाचार नेपाल समाचारपत्रमा छ।





Comments

comments

Trending Now : नेपालको सडकमा एक खर्ब लगानी
33609