विजय गच्छदार भन्छन्, ‘९ करोड मैले कहाँबाट ल्याऊँ?’

फाइल फोटो

पार्टीलाई बदनाम गराउन सरकार सुनियोजित रुपमा लागेको भन्दै काँग्रेसले त्यसविरद्ध सदन र सडकमा आन्दोलन जारी राख्ने भएको छ।

संसदीय दलको शुक्रबार बसेको बैठकले सरकारको प्रभावमा संवैधानिक निकाय सञ्चालन भइरहेको निष्कर्ष निकालेको हो।

बैठकमा उपसभापति विजय गच्छदारले ललितवा निवास प्रकरणमा आफू निर्दोष रहेको बताएका थिए।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै अख्तियारले माग दाबी गरेको बिगो तिर्न सक्ने अवस्थामा नरहेको बताए।

‘९ करोड रुपैयाँ कहाँबाट ल्याउने रु मसँग पैसा छैन ? ,’ दलको बैठकमा उनले भने, ‘३० वर्ष सांसद बनें। कुनै दोष लागेन । अहिले मेरो राजनीति सिध्याउन सुनियोजित रूपमा मुद्दा दायर भयो।’

गच्छदारले आफूविरुद्धको मुद्दा पार्टीमाथिको आक्रमण भएको बताए । ‘यो पार्टीको विषय हो । पार्टीको विषय भए पनि ममाथि आक्रमण भएकाले मलाई बढी पीडा हुनु स्वाभाविक हो’, उनले भने, ‘मैले भ्रष्टाचार गरेको छैन । ललिता निवास प्रकरणमा भौतिक मन्त्रालय सरोकारवाला मन्त्रालय पनि होइन। यो राजनीतिक पूर्वाग्रहबाट भएको निर्णय हो।’ यो खबर अन्नपूर्णपोष्ट दैनिकमा छ।





Comments

comments

Trending Now : राष्ट्रियसभा सदस्य श्रेष्ठ र गौतम मन्त्री बन्न पाउँलान्?
33784