अमन गुरुङ स्मृति उपाधि ‘पोखरा भ्याली स्पोर्टस् क्लब ए’लाई

प्रेम न्यौपाने / एचकेनेपाल डट कम –
पोखरा, १२ पुस। डिफेण्डिङ च्याम्पियन पोखरा भ्याली स्पोर्टस् क्लब एले पोखरामा जारी दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को उपाधि हात पारेको छ।

पोखरा भ्याली स्पोर्टस् क्लब पोखरा–१०÷१५ रामबजारको आयोजना एवं इन्टेक ०६ ब्रिगेड अफ गोर्खाज, बेलायतको मुख्य प्रायोजनमा माछापोखरी खेलमैदान संगमटोलमा शनिबार भएको फाइनल खेलमा संगम एफसी बी लाई १–० ले पराजित गर्दै पोखराभ्याली स्पोर्टस् क्लब ए ले उपाधि हात पारेको हो।

पोखरा भ्याली स्पोर्टस् क्लब ए को लागि खेलको २२ मिनेटमा विजय गुरुङले निर्णायक गोल गरेका थिए। सो खेलमा भ्याली ए का विक्रम लामा म्यान अफ दी म्याच घोषित भए। यसअघि सेमिफाइनलमा संगम एफसी ए लाई १–० ले पराजित गर्दै पोखरा भ्याली ए तथा एयरपोर्ट युथ क्लबलाई २–१ ले पराजित गर्दै संगम एफसी बी फाइनलमा प्रवेश गरेका थिए।

जीतसँगै पोखरा भ्यालीले नगद ८० हजार,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता टीम संगमले नगद ४० हजारमा चित्त बुझायो। यस्तै पोखरा भ्याली ए कै सन्तोष गुरुङ बेस्टप्लयेर, सर्वाधिक चार गोल गरेका पोखरा भ्यालीकै विजय गुरुङ हाइस्कोरर तथा एयरपोर्ट युथ क्लबले फेयर प्ले अवार्ड प्राप्त गरे। उनीहरू सबैले जनही पाँच हजार, ट्रफी प्राप्त गरे।

विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि हिमश्री फूड्स प्रालिका कार्यकारी अध्यक्ष, उद्योगपति एवं पूर्व सभासद् सूर्यबहादुर केसी, स्व. अमन गुरुङका पिता यमन गुरुङ, क्लबका संसथापक अध्यक्ष इन्द्रकुमार सिन्हा, पोखरा उप–महानगरपालिकाका अधिकृत ओमराज पौडेल, बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङ, वडा प्रहरी कार्यालय रामबजारका प्रमुख केशवबहादुर बस्नेत, सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्य, वेस्ट बंगाल भारतीय पुलिस टीमका पूर्व खेलाडी प्रदीप योञ्जन, क्लबका कार्यबाहक अध्यक्ष खेम गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।

स्व. अमन गुरुङका पिता यमन गुरुङले आफ्नो छोराको नाउँमा गरिएको प्रतियोगिता सम्पन्न भएको देख्दा गर्वले छाती फुलेको बताए। उनले छोराको नाउँमा स्थापित अमन गुरुङ अक्षयकोषको लागि ५० हजार रुपैयाँ सहयोग दिने घोषणा गरे।

क्लबका कार्यबाहक अध्यक्ष खेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव प्रितम गुरुङले गरेका थिए। यसपटकको प्रतियोगितामा १३ लाख सहयोग सड्कलन गरेको र खर्च कटाएर बचेको रकमको ५० प्रतिशत अक्षयकोषमा जम्मा गरिने क्लबका कोषाध्यक्ष विश्व तण्डुकारले जानकारी दिए। युकेको तीन टीमसहित २९ टीमको सहभागिता रहेको प्रतियोगिताको संयोजकमा क्लबका उपाध्यक्ष नरेन्द्र (राजु) गुरुङ रहेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3468