Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सुन ओर्सान गुप्तांगदेखि मोबाइल फोनसम्म – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुन ओर्सान गुप्तांगदेखि मोबाइल फोनसम्म

काठमाडौं, १३ पुस। २०७१, जेठ ३० गते राति ११ बजेर ४५ मिनेटमा इन्डिगो एयरको उडानमा दिल्लीबाट तीन भारतीय नागरिक त्रिभुवन विमानस्थलमा अबतरण गरे। विदेशबाट आउने यात्रु नियालिरहेका विमानस्थल प्रहरीले देखे–ती यात्रुले केही अस्वाभाविक शारीरिक हावभाव देखाइरहेका छन्। स्वभावैले प्रहरी शंकालु बने र तत्कालै सतर्क भए।

भरतजर गुडास, पीताम्बर डोडेजा र गिरीश श्रीचन्दलाई ‘शंकास्पद’ भन्दै विमानस्थलमा खटिएको लागुऔषध नियन्त्रण ब्युरो टोलीले नियन्त्रणमा लियो।
प्रहरीको आशंका थियो– पक्राउ परेका तीनै जनाको पेटमा केही गडबड छ। तत्कालै उनीहरुलाई तातोपानी पिउन भने। तर तीनै जनाले अस्वीकार गरेपछि शंका झन् बलियो भयो।

लागुऔषध कारोबारीले सुरक्षाकर्मीलाई छल्न हेेरोइन क्याप्सुल निलेर वारपार गरिरहेको भेटेका प्रहरीले यिनलाई त्यही आँखाले हेरेका थिए। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा एक्स–रे गराउँदा नतिजा शंका गरेभन्दा फरक निस्कियो। एक्स–रेमा उनीहरुका पेटभित्र चक्की देखियो। चिकित्सापद्धति अनुसार निकाल्दा त परिणाम फरक पो निस्कियो। पेटमा त सुनका चक्की पो रहेछन्।

हरेकले २–२ वटा चक्की दिसा गरे। जोख्दा त डेढ किलो सुन। ‘पेटबाट सुन निकाल्न चार घन्टा लाग्यो,’ विमानस्थलका तत्कालीन सुरक्षा प्रमुख यादव अधिकारीले घटना सुनाए, ‘यतिसम्म गरेर सुन ल्याउलान् भन्ने लागेको थिएन।’ भन्सार छलेर विभिन्न देशबाट काठमाडौं सुन ल्याउन सक्रिय तस्करले स्थलमार्ग र हवाइमार्ग उपयोग गर्दै आएका छन्, तस्करीका तरिका भने फरक–फरक छन्।

पछिल्ला दिन उनीहरुले नौला र प्रविधियुक्त विधि अपनाएर प्रहरीको आँखा छल्ने प्रयत्न गरिरहेका छन्। प्रहरीका अनुसार स्थलमार्गबाट ल्याउँदा प्रायः सवारीसाधनमा फल्स बटम (लुकाउने गोप्य स्थान) बनाएर सुन ल्याउँछन्। स्थलमार्गमा प्रहरी कडाइ बढेसँगै कारोबारी हवाइमार्गमा सक्रिय छन्। जोखिम मोलेर सुन भित्र्याउन सक्रिय उनीहरुले तस्करीका नयाँ–नयाँ शैली अपनाइरहेका छन्, प्रहरीलाई नै चक्मा दिनेगरी।

तत्कालीन प्रमुख अधिकारी भन्छन्, ‘सुरुसुरुमा हवाइमार्गबाट सुन ल्याउने कारोबारीले सुटकेस र ह्यान्डब्यागमा फल्स बटम बनाउँथे। यसरी आउँदा पक्राउ पर्ने क्रम बढेपछि उनीहरुले सुरक्षा संयन्त्र छल्न नयाँ–नयाँ उपाय अपनाउन थाले।’ उनका अनुसार पक्राउ पर्योन कि शैली बदलिहाल्ने उनीहरुको प्रवृत्ति नै देखिन्छ। तैपनि, न तस्करी रोकिएको छ, न पक्राउ पर्ने क्रम।

पछिल्ला दिन सुन तस्कर निकै चलाख देखिएका छन्। उनीहरुले सुन लुकाउन सबैभन्दा बढी इलेक्ट्रोनिक सामान उपयोग गर्न थालेका छन्। विशेषगरी टेलिभिजन, ल्यापटप र इमर्जेन्सी लाइटलाई तस्करीको साधन बनाइरहेको प्रहरीले फेला पार्दै आएको समाचार नागरिक दैनिकमा छापिएको छ।





Comments

comments

3471