मुम्बईमा जलेर ८ नेपालीको मृत्यु

नयाँदिल्ली/कपिलवस्तु, पुस १३ – मुम्बईको भिवन्डी सहरस्थित काठ गोदाममा शनिबार बिहान भएको आगलागीमा परेर कपिलवस्तुका ८ नेपालीको मृत्यु भएको छ।

सख्त घाइते तीन नेपालीको उद्धारपछि उपचार भइरहेको छ। मृत्यु भएकामध्ये पाँच जना र सख्त घाइते तीन जना एकै गाउँका छन्। ज्यान गुमाउनेमा एकै घरमा दाजुभाइ समेत परेका छन्। खबरले पूरै गाउँ शोकमग्न छ।

आर्थिक अवस्था कमजोर भएका उनीहरू रोजगारीका लागि त्यहाँ गएका थिए। उनीहरू ज्यालादारी हैसियतमा काम गर्दै आएका थिए।

मुम्बईस्थित नेपाली श्रमिक युनियनका अध्यक्ष मास्टर थापाका अनुसार मुम्बई सहरबाट १५ किमि टाढाको भिवन्डी सहरमा रहेको औसतस्तरको काठ गोदामको सानो झुप्रोमा सुतिरहेका उनीहरू बिहान करिब तीन बजे लागेको आगोमा जलेका हुन् कान्तिपुर दैनिकममा छापिएको छ।

ज्यान गुमाउनेमध्ये गौरी चौहान, गणेश चौहान, मुन्नीलाल अहिर, मुरली मुराउ र सयल रैदास एउटै गाउँ कुशहवा-५ सतभराका हुन्। अन्य तीन जना तिलकराम, अजय र नीरज भने कपिलवस्तुकै अर्को गाउँका हुन्। सख्त घाइते भएका विनोद अहिर, बुढे लोनिया र तितरे लोध पनि सतभरा गाउँकै हुन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

3474