बेलायती प्रधानमन्त्रीलाई पनि कोरोनाभाइरस संक्रमण

फाइल फोटो

बेलायतका प्रधानमन्त्रीलाई बोरिस जोनसनलाई कोरोनाभाइरसको संक्रमण भएको पाइएको छ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले शुक्रबार यसबारे पुष्टि गर्दै जोनसनमा सामान्य लक्षण देखिएको बताएको छ।

कोरोनाभाइरस संक्रमणको पुष्टि भएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका छन्।

त्यस्तै, बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले शुक्रबार आफू कोरोनाभाइरसबाट संक्रमित भएको ट्वीटरमार्फत जानकारी दिएका छन्। झिनोमात्रामा संक्रमण भएपछि सेल्फ आइसोलेसनमा बसेको बताएका छन्।

यसअघि, बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। उनी स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा रहेका छन्।

[table “” not found /]

[table “” not found /]





Comments

comments

34964