लकडाउनमा खटिएका प्रहरीको गोली लागेर मृत्यु…

फाइल फोटो

स्याङ्जा, कोरोनाभाइरसबाट बच्न सरकारले गरेको लकडाउनमा खटिने प्रहरीको गोली लागेर मृत्यु भएको छ।

हरिनास गाउँपालिकास्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ वर्षीय रविन्द्र पौडेल हतियार व्यवस्थापनकाक्रममा गोली लागेर घाइते भएका थिए।

मणिपाल अस्पतालमा उपचारका क्रममा पौडेलको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए।

शुक्रबार दिउँसो करिब १ बजेतिर इलाका प्रहरी चौकीको हतियार व्यवस्थापन शाखामा कार्यरत उनको अचानक गोली पड्केर लागेको हो। यो समाचार राजधानी दैनिकमा श्रीकृष्ण सिग्देलले लेखेका छन्।

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

34993