नेपालमा एकै दिन ५९ जनामा कोरोना, संक्रमितको संख्या ५१६ पुग्यो

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, ९ जेठ। नेपालमा एकै दिन ५९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शुक्रबार राति थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१६ पुगेको हो।

शुक्रवार बिहान पनि थप १७ जना कोरोना संक्रमित पुष्टि भएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको संख्या तीस रहेकाे छ।

संक्रमितहरुमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका -६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका -६ केसरबाघ, चितवन निवासी ७४ बर्षीय पुरुष र ७३ बर्षीया महिला रहेका छन्। नवलपरासी, सुस्ता गाउँपालिका -५ र रामग्राम न.पा. – ३, १८ निवासी ३३ र ३५ वर्षीय पुरुष र १५ वर्षीया महिला रहेका छन्।

त्यस्तै, कपिलवस्तु बाणगंगा न.पा., मायादेवी गाउँपालिका निवासी २४ देखि ५३ बर्षका पुरुष र ८ बर्षीया बालिका रहेका छन्। सर्लाही, गोडैता न.पा.- ८ , ९ , ११ , १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका -७ निवासी २२ देखि ३८ वर्ष उमेरका पुरुष, ३ र ९ बर्षीय बालक र १८ बर्षीया महिला रहेका छन्।

हालसम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाे बताइएकाे छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36593