बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

फाइल फाेटाे

काठमाडौँ, १९ जेठ। बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ।

भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिएका छन्।

उनका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन्। घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ। मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ। उनीहरुको सनाखतको काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताएका छन्। (रासस)

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36869