काठमाडौँ- नारायणहिटी दरबार हत्याकाण्ड भएको साेमवार १९ वर्ष पुग्दैछ।
विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो।
हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो।
राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका थिए।