हेलचेक्र्याइँ गर्दा कोरोनाले लिन्छ ज्यान…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

ललितपुर, कोरोना संक्रमणबाट गत शुक्रबार ललितपुर–१४ थसिखेलकी ६७ वर्षीया महिलाको मृत्यु भयो। वीरगन्जबाट फर्किएको केही समयपछि मृतक महिलालाई कोरोना पुष्टि भएको थियो।

उनको परिवारका अन्य पाँच जनालाई पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। कार्यालय प्रमुख खगेश्वर गेलालका अनुसार ती महिला तराईबाट आएपछि क्वारेन्टाइनमा बसिनन् । घर बस्दा न्यूनतम स्वास्थ्य सावधानी पनि नअपनाइएकाले सो परिवारका अन्यलाई पनि संक्रमण भएको थियो । वीरगन्जबाट आएको केही दिनमा कोरोनाका लक्षण देखिन थालेपछि मात्रै ती महिला अस्पताल पुगेकी थिइन्।

सांकेतिक फोटो

उनी उच्च रक्तचापको बिरामीसमेत थिइन्। कोरोना संक्रमण पुष्टि भएको केही दिनमा पाटन अस्पतालमा उनको मृत्यु भयो। तराईबाट आएर परिवारका सदस्यसँगको घुलमिल र हेलचेक्र्याइँले अन्यमा समेत संक्रमण देखिएको गेलालको भनाइ छ । ‘क्वारेन्टाइन नबस्दा र परिवारका सबै सदस्य घुलमिल हुँदा समस्या देखियो’, उनले भने, ‘कोरोना परीक्षण पनि भएको थिएन, हेलचेक्र्याइँले ज्यानसमेत लिन सक्छ ।’ यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा नितु घलेले लेखेका छन्।





Comments

comments

37938